मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
बिगु–८, थाङ्मीचागुमा आगलागी पीडितलाई स्थानीय सरकार र रेडक्रसको पहलमा खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, ग्याससहित आवश्यक सामग्री सहयोग
बिगु–८, थाङ्मीचागुमा आगलागी पीडितलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र ग्याससहित आवश्यक सामग्री सहयोग
थाङ्मीचागु संवाददाता
१४ फागुन, २०८१ (बुधबार)
दोलखा बिगु गाउँपालिका–८, थाङ्मीचागुमा फागुन १३ गते राति ११: ५० बजे भएको भीषण आगलागीबाट पूर्ण रूपमा क्षति पुगेका मानबहादुर थामीलाई राहतस्वरूप खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, थाल, कुकर, कार्पेट, चामल, ब्ल्याङ्केट, डसना, बाल्टिन, चिया लगायतका आवश्यक सामग्री प्रदान गरिएको छ।
आगलागीका कारण थामीको पसल पूर्ण रूपमा नष्ट हुनुका साथै पसलसँग जोडिएको घरको झ्याल र माथिल्लो भागसमेत क्षति पुगेको थियो। प्रारम्भिक अनुमान अनुसार ५५–६० लाख बराबरको क्षति भएको छ। मानवीय क्षति भने नभएको स्थानीय स्रोतले जनाएको छ।
स्थानीय सरकार, रेडक्रस र नेकपा एमालेको सक्रिय पहलमा सहयोग हस्तान्तरण
पीडित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बिगु गाउँपालिकाका उप–प्रमुख देवीका थामीको सक्रिय पहलमा, नेकपा एमाले बिगु गाउँपालिका स्थायी कमिटी वडा नम्बर ८ का अध्यक्ष बिक्रम ठान्टि थामीको पहलमा, रेडक्रसका प्रतिनिधि गणेश थामीको समन्वयमा तथा स्थानीय वडा अध्यक्ष धन्बिर थामीको उपस्थितिमा खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, ग्याससहित अन्य आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष धन्बिर थामीले आगलागी पीडित परिवारलाई थप राहत तथा पुनःस्थापनाका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, उप–प्रमुख देवीका थामीले पीडित परिवारको पुनःस्थापनाका लागि थप सहयोग जुटाउन सबै पक्षसँग समन्वय गरिने बताइन्।
नेकपा एमालेका वडा अध्यक्ष बिक्रम ठान्टि थामीले समुदायको सक्रिय सहकार्य आवश्यक रहेको बताउँदै, आगलागी पीडितको पुनःस्थापनाका लागि थप पहल गरिने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय सरकार, रेडक्रस तथा विभिन्न संघसंस्थाहरूको सहयोगमा हालसम्म केही राहत सामग्री उपलब्ध भए पनि पीडित परिवारको दीर्घकालीन पुनःस्थापनाका लागि थप सहयोग आवश्यक रहेको स्थानीयबासीहरूले बताएका छन्।
थप सहयोगको आवश्यकता, सबैलाई सहयोगको अपिल
यस दुखद् घटनाले मानबहादुर थामी र उनको परिवारलाई ठूलो आर्थिक क्षति पुर्याएको छ। अहिले राहत सामाग्री प्रदान गरिए पनि व्यवसाय पुनःस्थापना गर्न अझै ठूलो आर्थिक सहायता आवश्यक रहेको पीडित परिवारले बताएको छ।





