मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
बगर टोलमा महाशिवरात्री मेलाको आयोजना ।।।
बगर टोलमा महाशिवरात्री मेलाको आयोजना ।।।
थाङािचागु डटकम संवाददाता

विनोद मण्डल, फाल्गुन १४ । सिराहा जिल्लाको धनगढीमाई १२ बगर टोलमा रहेको शिवालयमा भव्यताका साथ महाशिवरात्री पर्व मनाइएको छ ।
प्रत्येक वर्ष फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वको दिन शिवालयको निर्माणकर्ता अर्जुन परियारले विधिपूर्वक शिवालयमा पूजापाठ गरेपछि कलश यात्राको लागि मन्दिरको परिक्रमा गरेर सरे खोलाको बाटो भएर पवित्र जल भर्नका लागि स्थानिय परेवा भिरमा पुगेका थिए ।
कलस यात्रामा ईलाका प्रहरी कार्यालय धनगढीमाई १२ को टोली स्थानिय समाजसेवी,बुद्धिजीवी तथा स्थानिय महिला दिदी बहिनीहरुको सहभागिता रहेको थियो ।
जल भरेर पुन मन्दिर परिसरमा आई सांस्कृतिक कार्यक्रमको प्रारम्भ गरिएको थियो जहाँ विभिन्न सांस्कृतिक समुहले आ आफ्ना प्रतिभा देखाएका थिए ।
अन्य वर्षभन्दा पृथक ढंगबाट आयोजित कार्यक्रममा निर्माणकर्ता अर्जुन परियारको व्यापक चर्चा परिचर्चा गरिएको थियो ।
आयोजित कार्यक्रममा हरी मैनाली , तोप बहादुर कार्की , वडा अध्यक्ष जय प्रकाश शर्मा , नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादव , धनगढीमाई नगरपालिकाको उपमेयर संगीता चौधरी , वडा सदस्य गोमा तिमल्सिना, समाजसेवी उद्धव दंगाल , समाजसेवी राम प्रसाद यादव,भुवन मगर , हर्क बहादुर मगर स्थानिय नेता राम कुमार महतो लगायतको उपस्थितिमा भएको सांस्कृतिक कार्यक्रममा सहभागी नृत्य टोलीका उत्तीर्ण टिमलाई प्रमाणपत्र ,शिल्ड र नगद प्रदान गरिएको थियो ।
पुरस्कार राशि उपमेयर संगीता चौधरी, काँग्रेस सभापति रामचन्द्र यादव, वडा अध्यक्ष जय प्रकाश शर्मा, गोमा तिमल्सिना लगायतले टिका लगाएर दिनु भएको थियो ।





