नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
कालिन्चोक–१ मा ५५ कृषकलाई PBS दोस्रो पुस्ताको आलु वितरण
कालिन्चोकमा कृषकहरूलाई PBS दोस्रो पुस्ताको आलु वितरण
१५ सोमबार पुष २०८१
सन्तोष ठान्टी थाङ्मी

नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत कालिन्चोक गाउँपालिका–१ मा गठित लालिगुराँस र प्रगतिशील कृषक समूहका ५५ जना कृषकहरूलाई प्रतिव्यक्ति ७/७ केजिका दरले रोजिता रातो जात (PBS) दोस्रो पुस्ताको आलु वितरण गरिएको छ।

कालिन्चोक गाउँपालिका–१ का वडाअध्यक्ष पदम थामी र दीपजङ साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कर्णबहादुर थामीको अध्यक्षतामा तथा नामसालिङ सामुदायिक विकास केन्द्र, दोलखाका जिल्ला संयोजक राजन क्षेत्रीको उपस्थितिमा उक्त आलु वितरण गरिएको हो।

उक्त कार्यक्रममा कृषकहरूको माग र आवश्यकता, जलवायु परिवर्तनका कारण आलु खेतीमा देखापरेका रोग तथा किरालाई मध्यनजर गर्दै PBS दोस्रो पुस्ताको आलु वितरण गरिएको हो। साथै, कृषकहरूलाई आलु खेतीसम्बन्धी प्राविधिक सहयोग र सल्लाह प्रदान गरिएको थियो।

कार्यक्रमले कृषकहरूलाई आलु उत्पादनमा प्रेरित गर्नाका साथै जलवायुजन्य समस्याहरूको समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।






