नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
किरात राई यायोख्खा शाखा मलेसियाको दोस्रो अधिवेशन तथा उधौली साकेला संस्कृति कार्यक्रम सम्पन्न
किरात राई यायोख्खा शाखा मलेसियाको दोस्रो अधिवेशन तथा उधौली साकेला संस्कृति कार्यक्रम सम्पन्न
थाङ्मीचागु डटकम सम्बादाता
क्वालालम्पुर, मलेसिया (2024 डिसेम्बर 15)
किरात राई यायोख्खा शाखा केन्द्रीय समिति मलेसियाले किरात राई समुदायको महान चाड उधौली साकेला पावन अवसरमा साकेला सिल्ली सांस्कृतिक कार्यक्रम तथा दोस्रो अधिवेशन क्वालालम्पुरस्थित फाइभ इलेमेन्ट होटलको १४ औं तलामा भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष डम्बर राईले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास क्वालालम्पुरकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यको उपस्थिति रहेको थियो।
नयाँ कार्यसमिति चयन
किरात राई यायोख्खा शाखा मलेसियाको दोस्रो अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ।
अध्यक्ष: डम्बर राई
उपाध्यक्ष: केवल राई, भिम कुमार राई
सचिव: यज्ञ कुमार राई
सह-सचिव: सन्तोष राई
कोषाध्यक्ष: शान्ति चाम्लिङ राई
सदस्यहरूमा क्रमशः प्रकाश थुलुङ राई, गजेन्द्र राई, भवी राज राई, अर्जुन राई, बालचन्द्र एवाई राई (जोहोर बारु), रमेश राई, मन्जीला चाम्लिङ राई, सुमिता सुनुवार राई चयन भएका छन्।
सह-कोषाध्यक्ष र सल्लाहकारहरू भने समितिको पहिलो बैठकले निर्णय गर्ने नव निर्वाचित अध्यक्ष डम्बर राईले जानकारी दिनुभयो।
विशेष अतिथि र वक्ताहरूको उपस्थिति
कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका वरिष्ठ उपाध्यक्ष पदमराज लिम्बू उपस्थित हुनुभएको थियो।
शुभकामना मन्तव्य राख्ने अन्य अतिथिहरू:
- दिल केरुङ लिम्बू, अध्यक्ष, किरात याक्थुङ चुम्लुङ मलेसिया
- घनश्याम चौधरी (RN), कार्यवाहक अध्यक्ष, फोनिज मलेसिया
- संजय मगर, उपाध्यक्ष, नेपाल मगर संघ मलेसिया
- विक्रम वाई, अध्यक्ष, नेपाल तामाङ घेदुङ मलेसिया
- मंगल थारु, उपाध्यक्ष, थारु कल्याणकारी सभा मलेसिया
- इन्द्र लिम्बु, अध्यक्ष, नेपाली व्यवसायी समाज मलेसिया
- नेत्र केसी, संयोजक, राष्ट्रिय स्वतन्त्र पार्टी मलेसिया
- जीवन देवन याक्खा, उपाध्यक्ष, प्रवासी नेपाली मञ्च मलेसिया
- विकास विश्वकर्मा, प्रमुख, दलित अभियान मलेसिया
उपस्थित संघ-संस्थाहरू
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, पत्रकार र नेपाली श्रमिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अन्य प्रतिनिधिहरूमा:
सरोज दाहाल, प्रवक्ता, नेपाली जनसम्पर्क समिति मलेसिया
पुर्ण लिम्बू, संयोजक, पिएनसिसि मलेसिया
राजेन्द्र घिमिरे, वनलाई खबर मलेसिया
कृष्ण गुप्ता, बारा दैनिक अनलाइन खबर मलेसिया
कार्यक्रम सञ्चालन र स्वागत मन्तव्य
कार्यक्रमको सञ्चालन सचिव यज्ञ कुमार राईले गर्नुभएको थियो भने उपाध्यक्ष केवल राईले स्वागत मन्तव्य राख्नुभएको थियो।
समापन र आगामी अपेक्षा
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै आयोजकले आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, कुनै त्रुटि भएमा माफी माग्दै सबैको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गरिएको छ।





