किराँत समुदायकाे उधाैली भूम्या पर्व सहित थाङ्मी चागुका युवा कलाकारहरुद्वार अभिनित म्यज्यिक भिडियाे विमाेचन सम्पन्न ।

0Shares

२०८१ मङ्सिर ३० , आइतबार, सम्वाद दाता

दाेलखा जिल्ला विगु गाउँपालिका स्थित थाङ्मी चागुमा किराँत समुदायकाे भुम्या पर्व एक विशेष कार्यक्रमकाे आयाेजना गरि मनाईएकाे छ । विगु गाउँपालिकाका उप प्रमुख देविका थामीकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल थामी समाज दाेलखाका अध्यक्ष हाेम थाङ्मी , विगु गाउँपालिका वडा नं-८ , का वडाध्यक्ष हिरा थाङ्मी लगायत विभिन्न राजनीतिक पार्टी तथा संघ संस्थाका प्रतिनिधिहरुकाे आतिथ्यता रहेकाे थियाे ।

हरेक वर्ष धान्यपूर्णिमाकाे दिन उधाैली पर्व किराँत समुदाय अन्तर्गत पहाडी क्षेत्रमा बसाेबास गर्ने थाङ्मी , राई , लिम्बू जातिहरुले मनाउने गर्दछन् । किराँत जातिहरुकाे कूल पूजा र कुल देवता भूम्या अर्थात भूमि पूजा गरिने यस पर्वकाे आफ्नाे छुट्टै विशेषता र महत्त्व रहि आएकाे छ । किराँत जातिकाे भूमिबाट उत्पति भएकाे भन्ने किँवदन्ती अनुसार भूमि भित्र अवस्थित विभिन्न अलाैकिक दैविक शक्तिहरु नाग, देवी देवताहरुलाई तान्त्रिक गुरु ( झाँक्री)ले विशेष पूजा गरि भूम्या पूजा गर्ने गरिन्छ । यसरी पूजा आराधाना गरेपछि समयमा वातावरणीय चक्रमा सुधार आई राेग व्याधी हट्ने , जनधनमा फलिफाप हुने , जमिनमा लगाईएका अन्ननबाली सप्रने जनविश्वास रहिआएकाे छ ।

भुम्या पुजाका साथ साथै थाङ्मीचागुका समाजसेवी सक्रिय युवाहरु द्वारा आफ्नै मातृभाषा थाङ्मी भाषाकाे प्रेेम कथामा आधारित गीत सहित म्युजिक भिडियाे समेत विमाेचन गरिएकाे छ । उक्त गीतकाे लेखन सन्ताेस ठान्टी थाङ्मी , स्वर गायक रमन थाङ्मी र कृस्टिना राई भिडियाेमा स्थानीय कलाकारहरु गाैरव थाङ्मी र विमला थाङ्मी लगायतकाे दमदार अभिनय रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *