आइतबारेको ऐतिहासिक बजारले पायो नयाँ स्वरूप, स्थानीय सहभागितामा सम्पन्न सौन्दर्यीकरण योजनाको उद्घाटन ।।।
2026-07-12ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
2026-07-12
Monday, July 13, 2026
नेकपा एमालेको शक्ति प्रदर्शन सुरु: भद्रकालीबाट र्यालीको शुरुआत
नेकपा एमालेको शक्ति प्रदर्शन सुरु: भद्रकालीबाट र्यालीको शुरुआत
७ मङ्सिर २०८१
थाङ्मीचागु डटकम सम्बादाता

काठमाडौं, २२ नवम्बर: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले आज आफ्नो शक्ति प्रदर्शनको कार्यक्रम सुरु गरेको छ। पार्टीका कार्यकर्ताहरूले राजधानीको भद्रकाली क्षेत्रबाट र्याली निकाल्न थालिसकेका छन्।

र्यालीमा सहभागी हजारौँ कार्यकर्ताहरूले पार्टीको झण्डा र ब्यानर बोकेर विभिन्न नारा लगाएका छन्। पार्टीका प्रमुख नेता र कार्यकर्ताहरूले यस र्यालीलाई पार्टीको सशक्त उपस्थितिको प्रतीकका रूपमा हेरिरहेका छन्।

यो र्याली पार्टीका राजनीतिक एजेन्डा र आगामी चुनावको तयारीका भागको रूपमा महत्वपूर्ण मानिएको छ। आगामी दिनमा देशभरि पार्टीको विभिन्न कार्यक्रमहरू हुनेछन्।

तस्बिर स्रोत: थाङ्मीचागु डट कम





