थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
कालिञ्चोक-१, बेगुम्पामा खेलकुद सप्ताह र दशै-तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
कालिञ्चोक-१, बेगुम्पामा खेलकुद सप्ताह र दशै-तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बिहिबार १७ असोज २०८१
थाङ्मीचागु डटकम संवाददाता।

दोलखा कालिञ्चोक-१, बेगुम्पा।
बालोदय माध्यमिक विद्यालयको आयोजनामा खेलकुद सप्ताह तथा दशै र शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक कमल पाख्रिनले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा वडा अध्यक्ष पदम आक्याङ्मी थामी, वडा सदस्य साङतेम्वा तामाङ, र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालध्वज थामीको उपस्थिति रहेको थियो।

सामाजिक परिचालिका यम कुमारी श्रेष्ठले कार्यक्रमको क्रममा टुकी सिविन स्रोत केन्द्रका तर्फबाट बालअधिकार, किशोर-किशोरी कार्यक्रम, र १०९८ हेल्पलाइनबारे जानकारी दिनुका साथै 2024 मा आयोजना हुने विभिन्न परियोजनाबारे जानकारी गराउनुभएको थियो।

प्रधानाध्यापक पाख्रिनले राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता दशै-तिहारको बीचमा सञ्चालन हुने जानकारी दिँदै, विद्यालयका छात्र-छात्राहरूलाई सिगटीमा आयोजना हुने १० खेलहरूमा सहभागी गराइने बताउनुभयो।

कार्यक्रममा वडा अध्यक्ष पदम आक्याङ्मी थामीले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक, विद्यार्थी, अभिभावक, र सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको थियो। उहाँले विद्यालयको प्रगतिको लागि पालिकाबाट विषयगत शिक्षकको व्यवस्थापन र विद्यार्थी सङ्ख्याको आधारमा शिक्षकको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो। साथै, विद्यालय प्रशासनलाई आय-व्यय पारदर्शिता कायम राख्न आग्रह गर्दै, ऋण लगानीकर्ताहरूले समयमै सावा र व्याज बुझाउनुपर्ने कुरामा पनि उहाँले जागरूकता देखाउनु पर्नेमा जोड दिनुभयो।
कार्यक्रमको समापनमा कालिञ्चोकको भेटी, केबलकार, संरक्षण क्षेत्र, र हाईड्रो पावरहरूबाट शैक्षिक क्षेत्रमा सहयोग जुटाउन पहल गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।




