सामुदायिक वन तथा आमा समूहका प्रतिनिधिलाई वन डढेलो सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
2026-06-05नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26
सामुदायिक वन तथा आमा समूहका प्रतिनिधिलाई वन डढेलो सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
सामुदायिक वन तथा आमा समूहका प्रतिनिधिलाई वन डढेलो सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
थाङ्मीचागु डटकम
दोलखा, जेठ २१, २०८३
दोलखामा सामुदायिक वन संरक्षण तथा वन डढेलो न्यूनीकरणका लागि महिलाहरूलाई लक्षित गर्दै वन डढेलो सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ।
परिवर्तन नेपाल दोलखाको आयोजनामा भिमेश्वर नगरपालिका–५, धरमघरस्थित बुढाभिमसेन सामुदायिक हलमा आयोजित तालिममा पाँच वटा सामुदायिक वनका प्रतिनिधि, आमा समूहका सदस्य, जनप्रतिनिधि तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय दोलखाका डिभिजनल वन अधिकृत अनिल रेग्मीले वन डढेलोका कारण, यसबाट वातावरण, वनस्पति तथा वन्यजन्तुमा पर्ने असर र यसको रोकथाम तथा नियन्त्रणका उपायबारे जानकारी गराउनुभएको थियो। वन अधिकृत चिरञ्जीवी थापाले पनि सहजीकरण गर्दै वन संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
कार्यक्रममा परिवर्तन नेपाल दोलखाकी अध्यक्ष मेनुका सुवेदीले वन संरक्षण, वातावरणीय सन्तुलन तथा डढेलो नियन्त्रणमा महिलाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले समुदायस्तरमा चेतनामूलक अभियान सञ्चालन गरी वन संरक्षणलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
तालिममा सहभागीहरूले प्राप्त ज्ञान तथा अनुभवले वन डढेलो न्यूनीकरण, वातावरण संरक्षण तथा सामुदायिक वनको दिगो व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
स्थानीय समुदायको सहभागिता र सचेतनाबाट मात्र वन डढेलो नियन्त्रण तथा प्राकृतिक सम्पदाको संरक्षण सम्भव हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
– थाङ्मीचागु डटकम
समाचार, सूचना र पहिचानको विश्वसनीय माध्यम।




