केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न निर्देशन दिएको छ ।।।

0Shares

केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न निर्देशन दिएको छ ।।।

श्रावण २१, २०८१
थाङ्मीचागु डटकम संवाददाता

काठमाडौँ —केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न निर्देशन दिएको छ । सोमबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको समितिको बैठकले बंगलादेशमा भएको तनावपूर्ण राजनीतिक घटनाक्रमसँगै त्यसले नेपालमा पार्ने असरका बारे समीक्षा गर्दै स्थल नाकाबाट हुने आवत् जावत्‌लाई व्यवस्थित गर्न तथा मानिसको चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको हो । 

गृहमन्त्री लेखकले बंगलादेशमा विकसित घटनापछि चार वटै सुरक्षा निकायका उच्च अधिकारीहरुसहितको बैठक आह्वान गरेका थिए ।

बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाली सेनाका बलाधिकृत रथी अशोक सिग्देल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहितका उच्च सुरक्षा अधिकारीहरु सहभागी थिए ।

बैठकमा बंगलादेशको घटना र त्यसले नेपाललाई पार्न सक्ने असरका विषयमा समीक्षा भएको थियो । सोही क्रममा विगतमा म्यानमारबाट रोहिंग्या र अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि त्यहाँका नागरिक गैरकानूनीरुपमा भारत हुँदै नेपाल प्रवेश गरेका थिए ।

यसपटक त्यस्तै किसिमका घटना दोहोरिन नदिन सोहीअनुसार सीमानामा सुरक्षा सावधानी अपनाउनुपर्ने विषयमा समीक्षा भएको बैठकमा सहभागी एक अधिकारीले बताए

‘उताको विकसित घटनालाई समीक्षा गरेर आगामी रणनीति बनाउने र अहिलेलाई अवाञ्छित गतिविधि सीमा क्षेत्रबाट हुन नदिने र सम्भावित त्यस्ता गतिविधिलाई निगरानीमा राखेर सोहीअनुसार रणनीति बनाउने विषयमा बैठकबाट निर्देशन आएको छ,’ ती अधिकारीले भने, ‘एकदुईमा घटनाक्रम कसरी अगाडि बढ्छ, त्यसलाई समेत नियाल्छौँ ।’

ती अधिकारीले बंगलादेशमा पक्ष र विपक्ष समूहबाट पिल्सिएका नागरिक नेपाल प्रवेश गर्न सक्ने जोखिमलाई विशेष रुपमा निगरानीमा राखिएको बताए ।
जनताको राय

जनप्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देशै छोडेर भाग्नुपर्ने अवस्था आएको छ । यसबाट नेपालका नेताहरूले सिक्नुपर्ने मूल पाठ के हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *