PNCC र गोर्खा एसोसिएसनको समन्वयमा डिटेन्सन क्याम्पमा अलपत्र नेपाली घर फर्किए

0Shares

PNCC र गोर्खा एसोसिएसनको समन्वयमा डिटेन्सन क्याम्पमा अलपत्र नेपाली घर फर्किए

थाङमिचागु डटकम संवाददाता

जेल सजाय पूरा गरेपछि ५ महिना डिटेन्सन क्याम्पमै अलपत्र परेका एक नेपाली नागरिक—परिवारले आर्थिक अभावका कारण टिकट उपलब्ध गराउन नसक्दा लामो समय घर फर्किन नसकेका थिए।

उनी नेपाल फर्कन आवश्यक पर्ने One Way Travel Document नेपाल दूतावास, क्वालालम्पुरमार्फत जारी भएको थियो। यो कागजातले उनी कानुनी रूपमा नेपाल फर्कने प्रक्रिया सुरु गर्न सक्थे, तर हवाई टिकट नहुँदा दुखद रूपमा अझै क्याम्पमै बसिरहन बाध्य भएका थिए।

अन्ततः PNCC को पहल र गोर्खा एसोसिएसनका अध्यक्ष रोशन राणासँगको समन्वयपछि रोशन राणाले हवाई टिकटको व्यवस्था गरी अत्यन्त महत्वपूर्ण सहयोग पुर्‍याए।

यस मानवीय सहयोगका कारण उनको यात्रा कागजात प्रयोग गर्दै १३ तारिखका दिन उनी नेपाल फर्किन सफल भए।

यो सफलतामा योगदान पुर्‍याउने सबै हातहरूलाई हार्दिक धन्यवाद मनले नसोचेको समयमा गरिने मानवीय सहायताले कसैको जीवन कति सहज बन्छ भन्ने यसको ज्वलन्त उदाहरण हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *