मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
कालिन्चोक गाउँ पालिका १बेगुम्पा कृषक समूहलाई तरकारी बिउ वितरण तथा प्राविधिक सल्लाह
कालिन्चोक गाउँ पालिका १बेगुम्पा कृषक समूहलाई तरकारी बिउ वितरण तथा प्राविधिक सल्लाह
थाङमिचागु डटकम संवाददाता

दोलखा, कालिन्चोक।
नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत कालिन्चोक गाउँपालिका–१ मा गठित बेगुम्पा कृषक समूहका सदस्यहरूलाई घरबगैचा सहयोग कार्यक्रममार्फत तरकारी बिउ–बिजन वितरण गरिएको छ।
कार्यक्रम अन्तर्गत कृषक सदस्यहरूलाई रायो, काउली, मुला, धनिया र सिमीका बिउहरू वितरण गरिएका हुन्। वितरणसँगै परियोजनाको प्राविधिक टोलीले तरकारी बालीहरूको अनुगमन समेत गरेको थियो।
अनुगमनका क्रममा प्राविधिकहरूले कृषकहरूलाई जलवायु परिवर्तनका प्रतिकूल असरहरूबाट बच्न जलवायु–अनुकूल बालीका जातहरू प्रयोग गर्न सल्लाह दिएका थिए। साथै, रोग–किरा नियन्त्रणका उपायहरूबारे आवश्यक प्राविधिक सल्लाह र सहयोग प्रदान गरिएको थियो।
परियोजनाको उद्देश्य स्थानीय कृषकहरूलाई आत्मनिर्भर र जलवायु–अनुकूल कृषि प्रणालीतर्फ अभिमुख गराउने रहेको छ। यस किसिमका कार्यक्रमले स्थानीय उत्पादनमा वृद्धि हुने र गाउँस्तरमै पोषणीय आहार सुनिश्चितता र आय–आर्जनमा योगदान पुग्ने अपेक्षा लिइएको छ।





