१३ वर्षपछि मलेसियामै अन्तिम श्वास शान्ति माया ब्लोनको पार्थिव शरीर स्वदेश ल्याइयो ।।।

0Shares

कार्तिक १८, २०८२ | मलेसिया प्रतिनिधि

मकवानपुरको बकैया गाउँपालिका–१० की शान्ति माया ब्लोनको मलेसियामा निधन भएको छ। वैदेशिक रोजगारीका सिलसिलामा १३ वर्षदेखि मलेसियामा कार्यरत ब्लोनको अक्टोबर २५, २०२५ का दिन काम गर्ने क्रममा निधन भएको पुष्टि भएको हो।

उहाँको निधनको खबरले सम्पूर्ण बकैया क्षेत्र शोकमग्न बनेको गाउँपालिकाले जनाएको छ। लामो प्रयास र समन्वयपछि नोभेम्बर ३, २०२५ का दिन उहाँको पार्थिव शरीर स्वदेश ल्याइएकाे हो।

गाउँपालिकाका अनुसार, प्राकृतिक विपत्तिका कारण घरसम्म लैजान कठिन भएकाले काठमाडौँको स्वयम्भूनाथमा अन्त्येष्टि सम्पन्न गरिने भएको छ।

पार्थिव शरीर स्वदेश ल्याउने क्रममा सहयोग र समन्वय गरेको भन्दै परिवारजनले बकैया गाउँपालिका, वडा नं. १० कार्यालय, गाउँपालिकाको रोजगार शाखा, MRC मकवानपुर, नेपाल दूतावास मलेसिया, महाङ्गकाल गाउँपालिका ललितपुर, र नेपाल तामाङ घेदुङ मलेसिया शाखा प्रती हार्दिक आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *