मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
मलेसिया रोजगारीमा नयाँ खेल प्रधानमन्त्री कार्कीको गम्भीर चासो, श्रम सचिवलाई तत्काल अध्ययन गर्न निर्देशन !
मलेसिया रोजगारीमा नयाँ खेल प्रधानमन्त्री कार्कीको गम्भीर चासो, श्रम सचिवलाई तत्काल अध्ययन गर्न निर्देशन !
थाङ्मीचागु डटकम सम्बादाता २०२५ कार्तिक १४
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मलेसियाले नेपालका वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित नकारात्मक असरको अध्ययन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री कार्कीले बिहीबार बिहान सचिव पुष्करलाई कार्यकक्षमा बोलाई मलेसियाले अक्टोबर २७ मा जारी गरेका १० नयाँ मापदण्डबारे जानकारी लिँदै त्यसको कूटनीतिक समाधान खोज्नुपर्ने बताउनुभएको सचिव पुष्करले जानकारी दिनुभयो।
नेपालमा करिब ६० प्रतिशत वैदेशिक रोजगारी व्यवसायीले मलेसियामै श्रमिक पठाउने भएकाले प्रधानमन्त्रीले अध्ययन गरी आवश्यक पहलका लागि गृहकार्य गर्न निर्देशन दिनुभएको हो।
श्रम मन्त्रालयले पनि यस विषयमा प्रेस विज्ञप्ति जारी गर्दै मलेसियामा नेपाली श्रमिक पठाउने निश्चित व्यवसायीहरूलाई फाइदा हुने गरी सिन्डिकेट बनाउन खोजिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले भनेको छ —
“वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र नियमित बनाई श्रमिकहरूको हकहितलाई प्राथमिकता दिँदै मन्त्रालय कार्यरत छ। नेपाल र मलेसिया सरकारबीच सन् २०१८ नोभेम्बर २९ मा भएको श्रम समझदारी हाल नवीकरणको प्रक्रियामा छ।”
मन्त्रालयका अनुसार, कात्तिक १३ गते मलेसियाको परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रअनुसार नेपाल सरकारले सरोकारवाला सबै निकायसँग छलफल गर्दै अघि बढिरहेको जनाएको छ।
नेपाल सरकारले यसबीचमा सबै सम्बन्धित मन्त्रालय र सरोकारवालासँग कूटनीतिक पहलमार्फत नेपाली श्रमिकको हकहित सुरक्षित गर्ने कार्यलाई प्राथमिकतामा राख्दै अघि बढाइरहेको जनाएको छ।





