मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
नेपाल आदिवासी जनजाति महासंघ जोहोर मलेसियाद्वारा दोस्रो भौतिक बैठक तथा बृहत् प्रशिक्षण कार्यक्रम भव्य सभ्यताका साथ सम्पन्न।
मिति : १९ अक्टोबर २०२५ | स्थान : NRNA जोहोर सभा हल, मलेसिया

जोहोर, मलेसिया।
“आदिवासी जनजातिको अधिकार, समानता र पहिचान हाम्रो अभियान” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्रीय समिति जोहोर, मलेसियाद्वारा आयोजित “दोस्रो भौतिक बैठक तथा बृहत प्रशिक्षण कार्यक्रम” मिति १९ अक्टोबर २०२५ का दिन भव्यता र सभ्यतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्रीय समिति जोहोरका अध्यक्ष सन्तोष ठान्टीज्यूले गर्नुभएको थियो।

यस अवसरमा
- प्रमुख अतिथि : नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाका पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार विपिन राईज्यू
- विशिष्ट अतिथि : नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाका अध्यक्ष पदमराज लिम्बुज्यू
- विशेष अतिथिहरू :
- नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्रीय समिति जोहोरका सल्लाहकार तथा नेपाल तामाङ घेदुङ जोहोरका अध्यक्ष मंगोल तामाङज्यू
- महासङ्घ शाखा मलेसियाका उपाध्यक्ष विक्रम तामाङज्यू
- महासचिव संजीव तामाङज्यू
- महिला उपाध्यक्ष देवीका राई (बिनु)ज्यू
- केन्द्रीय सदस्य सागर लिम्बूज्यू

त्यसैगरी, विभिन्न जातीय सङ्घसंस्थाबाट प्रतिनिधित्व गर्दै उपस्थित हुनुभएका आदरणीय अतिथि महानुभावहरू र मिडियाकर्मीहरूको सक्रिय उपस्थितिले कार्यक्रमको शोभा र गरिमा बढाएको थियो।

कार्यक्रमका क्रममा विशेष प्रशिक्षण सत्र नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाका पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार विपिन राईज्यूले सञ्चालन गर्नुभएको थियो। उहाँले सहभागीहरूलाई संगठनात्मक सुदृढता, पहिचान र एकताको सन्देश सहित प्रेरणादायी मार्गदर्शन गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसिया, जोहोर बारुका सचिव सन्जु राईज्यूले सानदार ढङ्गले गर्नुभएको थियो।

कार्यक्रमले जोहोर क्षेत्रमा रहेका आदिवासी जनजातिहरूबीच सहयोग, एकता र साझा पहिचानको भावना सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।

थाङ्मीचागु डट कम (Thangmichagu.com)
“समुदायको आवाज, पहिचानको सारथी”









