मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
बर्दिया, सोलुखुम्बु र बसगडीमा आदिवासी समुदायका मौलिक सीपमूलक तालिम सञ्चालन
बर्दिया, सोलुखुम्बु र बसगडीमा आदिवासी समुदायका मौलिक सीपमूलक तालिम सञ्चालन
थाङमिचागु डटकम संवाददाता

मिति: २०८२ कार्तिक ३ गते, सोमबार बर्दियाको बासगडीमा थारु समुदाय र सोलुखुम्बुको छेस्काममा कुलुङ राई तथा शेर्पा समुदायका सहभागितामा मौलिक सांस्कृतिक भेषभूषा तथा सामग्री उत्पादन सम्बन्धी सीपमूलक तालिमहरू संचालन भइरहेका छन्।
आदिवासी जनजातिहरूको परम्परागत ज्ञान र सीपलाई व्यवसायीकरण गर्दै उद्यमशील स्वरोजगारमार्फत उनीहरूको मौलिक संस्कृति संरक्षण गर्ने र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले यस्ता तालिमहरू सञ्चालन गरिएको हो।
महासङ्घका अनुसार, यी तालिमहरूबाट प्रशिक्षार्थीहरूले आफ्ना सांस्कृतिक भेषभूषा, हस्तकला र परम्परागत उत्पादनलाई बजारसँग जोड्न सक्ने व्यावहारिक सीप हासिल गर्दैछन्।
यसै क्रममा महासङ्घले निकट भविष्यमै बर्दिया, सोलुखुम्बु र बसगडीमा सञ्चालन भएका तालिम केन्द्रहरूमा रहेका आदिवासी जनजातिहरूलाई दाउराको खपत घटाउन र स्वास्थ्यमा सुधार ल्याउनका लागि विद्युतीय चुल्हो वितरण गर्ने तयारी गरेको जनाएको छ।
यस्ता तालिम र सहुलियत कार्यक्रमहरू मार्फत देशका विभिन्न स्थानमा बसोबास गर्ने आदिवासी जनजातिहरूको जीविकोपार्जनमा सुधार, पर्यावरण संरक्षण र मौलिक सांस्कृतिक पहिचानको संरक्षणमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।





