मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
काभ्रेको पाँचखालमा सशस्त्र प्रहरीलाई सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण ।।।
काभ्रेको पाँचखालमा सशस्त्र प्रहरीलाई सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण ।।।
थाङमिचागु डटकम संवाददाता

माया स्याङ्तान,असोज ३० , पाँचखाल । काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका वडा नं. ०३ मा अवस्थित श्री १५ नं. गण हे.क्वा (हेडक्वार्टर) को आयोजनामा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आज असोज ३० गते बिहीबार आयोजित उक्त प्रशिक्षण कार्यक्रममा १५ नं. गण हे.क्वामा कार्यरत ५५ जना सशस्त्र प्रहरी अधिकृत तथा जवानहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोकको मातहत रहेको अस्थाई ट्राफिक प्रहरी पोष्ट पाँचखालबाट खटिई आउनुभएका प्रहरी सहायक निरीक्षक महेश्वर अधिकारीले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
प्रहरी सहायक निरीक्षक अधिकारीले सवारी नियमको पालना, ट्राफिक सङ्केत तथा चिन्हहरूको महत्त्व, तीव्र गति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा हुने जोखिम र सडक अनुशासनबारे सशस्त्र प्रहरी जवान तथा अधिकृतहरूलाई विस्तृत जानकारी गराउनु भएको थियो ।
प्रशिक्षणका क्रममा सवारी दुर्घटनाका कारणहरू, दुर्घटनाबाट बच्ने उपायहरू र सुरक्षित यात्राका लागि अपनाउनुपर्ने सावधानीका बारेमा समेत सचेतना प्रदान गरिएको थियो ।
श्री १५ नं. गण हे.क्वा.ले आफ्ना कर्मचारीहरूको सुरक्षित आवागमन र दुर्घटना न्यूनीकरणको महत्त्वलाई ध्यानमा राख्दै यस्ता महत्त्वपूर्ण प्रशिक्षण कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रमले सशस्त्र प्रहरी कर्मचारीहरूलाई सवारी अनुशासन र सडक सुरक्षाका नियमबारे थप सचेत बनाउन मद्दत पुगेको विश्वास गरिएको छ ।





