नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
आसमान नेपालद्वारा लहान नगरपालिकालाई कम्प्युटर, फर्निचरसहित १५ थरीका कार्यालय सामग्रीहरू सहयोग ।।।
आसमान नेपालद्वारा लहान नगरपालिकालाई कम्प्युटर, फर्निचरसहित १५ थरीका कार्यालय सामग्रीहरू सहयोग ।।।
थाङमिचागु डटकम संवाददाता

माया स्याङ्तान,असोज ३० लहान, सिरहा: आसमान नेपाल (Aasaman Nepal) नामक सामाजिक संस्थाले लहान नगरपालिकालाई कार्यालय सञ्चालनका लागि आवश्यक सामग्रीहरू सहयोग गरेको छ ।
संस्थाले लहान नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले कम्प्युटर, प्रिन्टर, दराज, कुर्सी लगायतका १५ थरिका कार्यालय सञ्चालनका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको हो ।
एक कार्यक्रमका बीच आसमान नेपालका प्रतिनिधिहरूले नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीलाई ती सामग्रीहरू हस्तान्तरण गरेका थिए ।
सहयोग प्राप्त सामग्रीहरूमा इलेक्ट्रोनिक उपकरण, फर्निचर तथा अन्य प्रशासनिक कार्यका लागि प्रयोग हुने महत्वपूर्ण सामानहरू रहेका छन् । यी सामग्रीहरूबाट नगरपालिकाको दैनिक प्रशासनिक कार्यमा सहजता आउने विश्वास गरिएको छ ।
लहान नगरपालिकाले आसमान नेपालले गरेको यस सहयोगप्रति आभार व्यक्त गर्दै, उक्त सामग्रीहरूलाई जनसेवामा उपयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
नगरपालिकाका प्रमुखले संस्थाले स्थानीय तहको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिनु भएको छ ।





