मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
मन्दिरमा पूजा गर्न पुगेकी वृद्धा मृत अवस्थामा फेला
सबैलाको दुर्गा मन्दिर प्राङ्गणमा ६५–७० वर्षीया महिला मृत अवस्थामा फेला
थाङमिचागु डटकम संवाददाता

माया स्याङ्तान, असोज ३०, सबैला (धनुषा) —
धनुषा जिल्लाको सबैला नगरपालिकास्थित दुर्गा मन्दिरको प्राङ्गणमा करिब ६५ देखि ७० वर्ष उमेरकी एक महिला मृत अवस्थामा फेला परेकी छन्।
मन्दिरमा पूजा गर्न पुगेका स्थानीय बासिन्दाले महिलालाई मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई जानकारी दिएका थिए।
महिलाको पहिचान खुल्न बाँकी रहेको र मृत्युको कारणसम्बन्धी विस्तृत विवरण अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा टोली पुगेको छ र आवश्यक मुचुल्का तयार गर्ने कार्य भइरहेको छ। साथै, शवलाई थप अनुसन्धानका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइने तयारी भइरहेको छ।
प्रहरीले मृत्युको कारणबारे थप अनुसन्धान जारी रहेको र विस्तृत विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिने जनाएको छ।





