नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
चिनियाँ सहयोगमा निर्मित जिरी माविको अत्याधुनिक भवन स्थानीय तहलाई हस्तान्तरण ।।।
“मेयर मित्र जिरेललाई चाबी हस्तान्तरण, भूकम्पपछिको पुनर्निर्माणले पायो पूर्णता “
थाङमिचागु डटकम संवाददाता

माया स्याङ्तान,असोज ३० जिरी/दोलखा: चीन सरकारको सहयोगमा निर्माण भएको दोलखास्थित जिरी माध्यमिक विद्यालयको सुविधा सम्पन्न भौतिक संरचना स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
एक कार्यक्रमबीच चिनियाँ पक्षले नवनिर्मित विद्यालय भवनको चाबी जिरी नगरपालिकाका प्रमुख मित्र जिरेललाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।
२०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएको विद्यालयको पुनर्निर्माण चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भएको हो ।
भूगोल र मौसमलाई ध्यानमा राखेर निर्माण गरिएको यस अत्याधुनिक विद्यालयमा आधुनिक भवनहरू रहेका छन् । यसमा छात्रावास, शिक्षक आवास, सभाहल, पुस्तकालय, प्रशासनिक भवन र कम्प्युटर ल्याबजस्ता सुविधा पनि समावेश छन् ।
यो सुविधा सम्पन्न भवन हस्तान्तरणसँगै जिरी माविका विद्यार्थीहरूले अब सुरक्षित र आधुनिक वातावरणमा गुणस्तरीय शिक्षा हासिल गर्न पाउने विश्वास गरिएको छ । लामो समयदेखि पुनर्निर्माणको प्रतीक्षामा रहेको यस विद्यालयको नयाँ संरचनाले स्थानीय शैक्षिक विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।





