मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहलाई औपचारिक बिदाइ ।।।

0Shares

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहलाई औपचारिक बिदाइ ।।।

थाङमिचागु डटकम संवाददाता

माया स्याङ्तान,असोज ३० , ​जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बिहीबार एक विशेष कार्यक्रमका बीचमा निवर्तमान मुख्यमन्त्री माननीय सतिश कुमार सिंहज्यूलाई औपचारिक रुपमा बिदाई गरेको छ ।

​कार्यालय परिसरमा आयोजित बिदाई समारोहमा निवर्तमान मुख्यमन्त्री सिंहको कार्यकालमा प्रदेशको विकास र सुशासनका लागि पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गरिएको थियो ।

​कार्यक्रममा प्रमुख सचिव मदन भुजेलले निवर्तमान मुख्यमन्त्री सिंहको नेतृत्व, कुशल प्रशासन र समन्वयकारी भूमिकाको सराहना गर्दै उहाँको सफल कार्यकालका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

​बिदाई कार्यक्रममा उपस्थित विभिन्न मन्त्रालयका सचिवहरू, र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सम्पूर्ण कर्मचारीहरूले सामूहिक रूपमा निवर्तमान मुख्यमन्त्री सिंहज्यूप्रति कृतज्ञता ज्ञापन गर्दै उहाँको भावी जीवन र राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेका थिए ।

​निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहले बिदाई समारोहमा आफूलाई प्राप्त सहयोग, सद्भाव र विश्वासका लागि प्रमुख सचिव लगायत सबै सचिवहरू तथा कर्मचारीहरूलाई धन्यवाद दिनुभयो ।

उहाँले आफ्नो कार्यकालमा भएका उपलब्धिहरूमा सबै कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रदेशको उन्नतिका लागि सदैव सकारात्मक रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

​उक्त कार्यक्रममा मुख्यमन्त्री कार्यालयका उच्च पदस्थ अधिकारीहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *