नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
गोलबजारमा हृदयविदारक घटना: घुर्मी नदी किनारमा फालिएको शिशुको वडाध्यक्षले गरे उद्धार ।।।
गोलबजारमा हृदयविदारक घटना: घुर्मी नदी किनारमा फालिएको शिशुको वडाध्यक्षले गरे उद्धार ।।।
थाङमिचागु डटकम संवाददाता

सिराहा ,असोज २९ गते (बुधबार) । सिरहाको गोलबजार नगरपालिका वार्ड नं. १० मा एक हृदयविदारक घटना सार्वजनिक भएको छ ।
घुर्मी नदीको किनारमा फालिएको अवस्थामा एक नवजात शिशु (Newborn) फेला परेका छन् ।
वार्ड कार्यालयलाई घटनाबारे जानकारी हुनासाथ, तत्कालै वडाध्यक्ष उपेन्द्र मुखिया घटनास्थल पुग्नुभयो । उहाँले मानवीय संवेदना देखाउँदै तुरुन्तै शिशुको उद्धार गर्नुभयो ।
उद्धारपछि वडाध्यक्ष मुखियाले नवजात शिशुलाई तत्कालै उपचारका लागि स्थानीय अस्पतालमा पुर्याउनुभएको छ । हाल शिशुको स्वास्थ्य अवस्था र आवश्यक हेरचाह अस्पतालको निगरानीमा भइरहेको छ ।
वडाध्यक्ष उपेन्द्र मुखियाले घटनाको पुष्टि गर्दै भन्नुभयो, “नदी किनारमा यसरी शिशुलाई फालिएको खबर सुन्नासाथ हामी तत्कालै पुग्यौं । शिशुको अवस्था सामान्य छैन, तर हामीले तुरुन्तै अस्पताल पुर्याएर उपचार सुरु गरेका छौं । यो जघन्य कार्य गर्ने व्यक्ति वा परिवारको पहिचानका लागि प्रहरीसँग समन्वय भइरहेको छ ।”
प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको बुझिएको छ । नवजात शिशुलाई यसरी फाल्ने कार्यमा संलग्न दोषीलाई पत्ता लगाई कानून अनुसार कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ । स्थानीयहरूले यस अमानवीय कार्यको घोर निन्दा गर्दै शिशुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।





