दुर्घटनामा परेका अति विपन्न शिवकुमार सदायलाई सिरहा समाजसेवा आमजनताबाट आर्थिक सहयोग ।।।

0Shares

दुर्घटनामा परेका अति विपन्न शिवकुमार सदायलाई सिरहा समाजसेवा आमजनताबाट आर्थिक सहयोग ।।।

थाङमिचागु डटकम संवाददाता

सिरहा, असोज २९ । लुम्बिनीको भैरहवास्थित श्याम प्लाइ उद्योगमा ज्यालामजदुरी गर्दै आएका अति विपन्न शिवकुमार सदाय दुर्घटनामा परि दुबै खुट्टा भाँचिएपछि उपचारमा कठिनाई भोगिरहेका अवस्थामा सिरहा समाजसेवा आमजनता तथा विभिन्न दाताहरुको सहयोगमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

सिरहा समाजसेवा आमजनताका अध्यक्ष प्रदीप महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार विनोद मण्डल, हेमप्रसाद पास्मान, युवा समाजसेवी सुदीप सिंह, अशोक कुमार सिंह, निराजन सिंह लगायत समाजका अगुवा तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइहरूको सहयोगमा संकलित रकम रु १०,१५१ तथा स्थानीय युवा मेडिकल व्यवसायी तथा समाजसेवी निराजन सिंहद्वारा प्रदान गरिएको रु १,००० सहित जम्मा रु ११,१५१ (एघार हजार एक सय एकाउन्न) पीडित शिवकुमार सदायलाई हस्तान्तरण गरिएको हो ।

दुर्घटनापछि अत्यन्तै दयनीय आर्थिक अवस्थाका कारण उपचार गराउन असमर्थ बनेका शिवकुमारले सिरहा समाजसेवा आमजनतामार्फत सहयोगको अपिल गरेका छन् । संकलित रकम पीडितको उपचारमै खर्च गरिने पीडित परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *