सिङ्गटीमा सम्पन्न अन्तर–पालिका स्तरीय फुटबल प्रतियोगिता : उत्कृष्ट खेलाडीहरू सम्मानित

0Shares

पालिका स्तरीय फुटबल प्रतियोगिता : उत्कृष्ट खेलाडीहरू सम्मानित

थाङमिचागु डटकम संवाददाता

सिङ्गटी (दोलखा) — ड्रीम टिम सिङ्गटीद्वारा आयोजित “Singati Championship अन्तर–पालिका स्तरीय फुटबल प्रतियोगिता” सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरूलाई आज विशेष समारोहमार्फत सम्मान गरिएको हो।

प्रतियोगितामा आ–आफ्नो श्रेणीमा उत्कृष्ट प्रदर्शन गर्दै निम्न खेलाडीहरूले उपाधि जित्न सफल भएका छन् —

Best Player of the Tournament: सम्भुजन श्रेष्ठ
Best Defender: आयुष बस्नेत
Best Goalkeeper: उदय पाण्डे

Top Scorer: स्वयम् श्रेष्ठ

Rising Player: अभिषेक कार्की


ड्रीम टिम सिङ्गटीका आयोजक समितिका प्रतिनिधिहरूले विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्दै हार्दिक बधाई दिएका छन्। साथै, खेलकुदमार्फत युवाहरूबीच एकता, मैत्री र सशक्तीकरणको सन्देश फैलिएको भन्दै खेलाडीहरूको मनोबल उच्च राख्न सबैलाई आग्रह गरिएको छ।

ड्रीम टिम सिङ्गटी परिवारले सम्पूर्ण विजेता खेलाडीहरूलाई आगामी खेल जीवनमा अझ सफलताको शुभकामना व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *