मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
थाङ्मीचागुमा नालाविना डलान : अव्यवस्थित निर्माण, बर्खामा डुबानको त्रास
मिति: २०८२ साल असार १६
स्थान: दोलखा, बिगु गाउँपालिका–८, थामीचागु
समाचारदाता: [सन्तोष ठान्टी थाङ्मी]
थाङ्मीचागुमा नालाविना डलान : अव्यवस्थित निर्माण, बर्खामा डुबानको त्रास
दोलखाको बिगु गाउँपालिका–८ स्थित थामीचागु बस्तीमा सहरी विकास योजना अन्तर्गत निर्माण भइरहेको गोरेटो बाटो र सडक डलानको कामप्रति स्थानीयहरू असन्तुष्ट छन्। प्राविधिक मापदण्डविपरीत, नालाविना डलान गरिँदा गाउँबस्ती, खेतबारी र बाली डुबानको उच्च जोखिममा परेको छ।
रिदा टमपेराङ कालिन्चोक माविबाट झर्ने पानी पहिले प्राकृतिक रूपमा कापापोले खोल्सा हुँदै बग्थ्यो। तर अहिले निर्माण कार्यका क्रममा पानीको बहावलाई मोडेर गाउँतिर, बस्ती र खेतबारीमा छोडिएको स्थानीयवासीहरूले बताएका छन्।
“पहिला नाला बनाऊ, अनि मात्रै डलान गर” — जनताको माग
स्थानीयहरू भन्छन् —
“हामी विकास विरोधी होइनौं, तर असुरक्षित, अनियोजित र हतारमा गरिने काम चाहिँ होइन।”
“नाला बिना डलान गर्नु भनेको वर्षातमा बस्ती नै बगाउने हो।”
एकदिने पानीमै खेत डुबान, बर्खा लागेपछि के होला?
अहिलेको अवस्थाले देखाएको छ कि एक दिनको भारी वर्षामा नै खेत डुब्न थालेका छन्।
“यदि यही ढंगले काम गरियो भने बाँकी सिजनमा गोठ, खोर, घर–जग्गा, सबै जोखिममा पर्छन्,” गाउँलेहरूको चिन्ता छ।
ठेकेदार र प्राविधिकलाई सुझाव
– काम सुरु गर्नु अघि स्थलगत अध्ययन गरियोस्।
– पानीको बहाव, प्राकृतिक खोल्सा र भल निकासको प्रणालीलाई ध्यान दिइयोस्।
– स्थानीय बासिन्दाको सुझाव र सहकार्यमा मात्रै योजना कार्यान्वयन होस्।
नालाविना डलान गर्नु भनेको जनताको बाली र भरोसा दुबैमा डोजर चलाउनु हो।”
नीति निर्माणमै त्रुटि : “हिउँदमा सुत्ने सरकार, बर्खामा उठ्ने प्रवृत्ति”
यो समस्या केवल स्थानीय ठेकेदारको मात्र होइन, नीति निर्माण र बजेट कार्यान्वयनको प्रणालीगत कमजोरी हो।
“सरकार हिउँदमा सुत्छ, बर्खा लागेपछि उठ्छ — अनि पानी, हिलो र पहिरोका बीचमा विकासको नाटक गर्छ।”
बजेट ढिलो पास, सम्झौता ढिलो, निर्माण वर्षातमै सुरु — अनि काम अपुरो, हतारो, र जोखिमपूर्ण।
यसरी जनताको करबाट आउने पैसा, समय र विश्वास दुवै नासिन्छ।
निष्कर्ष : “विकास जनताका लागि हो, जनतामाथि होइन”
थामीचागुमा भइरहेको विकास निर्माणले स्पष्ट देखाउँछ
दिगो योजना, पूर्वाधारको प्राथमिकता र मौसम अनुसारको व्यवस्थापन नगरी गरिने विकास, विनाश निम्त्याउँछ।
जनताले सुरक्षित, प्राविधिक, न्यायोचित र दीर्घकालीन समाधान खोजिरहेका छन्, केवल ‘फोटो खिच्ने’ काम होइन।
जनताको चेतावनी:
“हामी विकास विरोधी होइनौं, तर अव्यवस्थित विकास स्वीकार्य छैन। पहिले नाला, अनि डलान गर!”
“जनताको बाली, बस्ती, र भविष्यमाथि नालाविहीन योजनाको खतरनाक प्रयोग नगर्नुहोस्!”





