(एनआरएनए) मलेसिया जोहोर क्षेत्रीय समितिको ५औं अधिवेशन ६ जुलाईमा हुने

0Shares

(एनआरएनए) मलेसिया जोहोर क्षेत्रीय समितिको ५औं अधिवेशन ६ जुलाईमा हुने

१६ असार २०८२, सोमबार |

थाङ्मीचागु डटकम सम्बादाता

मलेसिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया क्षेत्रीय समिति जोहोरले आफ्नो ५औं अधिवेशन आउँदो ६ जुलाई २०२५, आइतबारका दिन आयोजना गर्ने भएको छ। कार्यक्रम Tiga Suite, Puteri Harbour, जोहोरबरू मा हुने जानकारी आयोजक समितिबाट प्राप्त भएको छ।

सचिव छविलाल गिरीका अनुसार अधिवेशनमा नेपाली व्यवसायी, खेलाडी, समाजसेवी, कलाकार, पत्रकार लगायत सबै समुदायका व्यक्तिहरूलाई सहभागी हुन निमन्त्रणा पठाइसकिएको छ।

नयाँ कार्यसमितिमा सामेल हुन इच्छुकले अनिवार्य पञ्जीकृत सदस्यता लिनुपर्ने छ। पञ्जीकृत सदस्यहरूलाई मात्र आगामी कार्यसमितिमा सामेल गरिनेछ।

अधिवेशनमार्फत क्षेत्रीय समितिको नयाँ नेतृत्व चयन गरिनुका साथै स्थानीय नेपाली समुदायसँग सम्बन्धित सामाजिक तथा आर्थिक विषयमा छलफल समेत गरिनेछ।

कार्यक्रममा राष्ट्रिय समन्वय परिषद् मलेसियाका अतिथिहरूको सहभागिता पुष्टि हुन बाँकी रहेको आयोजक समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *