राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
३० दिने सिलाइ – कटाइ तालिम उद्घाटन कार्यक्रम सम्पन्न ।।।
२२ जेठ बिहिवार २०२५
थाङ्मीचागुमा ३० दिने सिलाई–कटाई तालीम सुरु, सांसद ठुला थामीको पहलमा प्रदेश सरकारको बजेट सहयोग
दोलखा — बिगु गाउँपालिका वडा नं. ८ थाङ्मीचागुमा ३० दिने सिलाई–कटाई तालीम सुरु गरिएको छ। उद्योग वाणिज्य कार्यालयको आयोजनामा, समन्वय नेपाल कपडा तथा सिलाई व्यवसायी संघको सहकार्यमा र स्थानीय तहको सक्रिय सहजीकरणमा यो तालीम सञ्चालनमा ल्याइएको हो।
तालीमको समन्वय समन्वय नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष हरि नेपालीको नेतृत्वमा भइरहेको छ भने संघका प्रतिनिधिका रूपमा ईश्वर नेपाली सहभागी हुनुहुन्छ।
कार्यक्रमको स्थानीय सहजीकरणमा नेकपा (एमाले) वडा कमिटी अध्यक्ष विक्रम थामी र वडा अध्यक्ष हिरा थामीको महत्वपूर्ण भूमिका रहेको छ।
सिलाई–कटाई तालीममा प्रशिक्षकका रूपमा रविना भुजेलले प्रशिक्षण दिइरहनुभएको छ। सहभागीहरूलाई व्यावसायिक सिलाई–कटाई सीप प्रदान गर्दै उनीहरूलाई स्वरोजगार बनाउने उद्देश्य राखिएको छ।
तालीमको कुल लागतमा ५० प्रतिशत उद्यमीहरूको स्वआंशिक योगदान रहेको छ भने बाँकी ५० प्रतिशत बजेट प्रदेश सरकारबाट प्राप्त भएको हो। उक्त बजेट माननीय प्रदेशसभा सांसद ठुला थामीको पहलमा सुनिश्चित गरिएको हो।
तालीमले थाङ्मीचागु क्षेत्रका महिलाहरू तथा युवाहरूलाई आत्मनिर्भर बनाउँदै आर्थिक सशक्तिकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। सहभागीहरूलाई आवश्यक उपकरण, व्यवहारिक अभ्यास, र व्यवसायिक सल्लाहसमेत प्रदान गरिने आयोजकहरूले जानकारी दिएका छन्।




