राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
सिराहामा जन्मिएर १० दिनमै आमाबुबाले छोडेकी शिशु फेला: स्थानीयको सक्रियतामा उद्धार ।।।
सिराहामा जन्मिएर १० दिनमै आमाबुबाले छोडेकी शिशु फेला: स्थानीयको सक्रियतामा उद्धार ।।।
थाङमिचागु डटकम संवाददाता

जेठ १८ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–९ स्थित आरके मेडीसिटी अस्पतालको केही पश्चिममा रहेको थमनी थानको उत्तरी भित्तामा करिब १० दिनअघि जन्मिएको अनुमान गरिएको एक नवजात बालिका शिशुलाई आमाबुबाले छोडेर फरार भएका छन् ।
स्थानीय समय अनुसार दिउँसो करिब ४ बजेतिर, केही बालबालिकाले शिशुलाई रुँदै गरेको अवस्थामा देखेपछि उनीहरूले तत्कालै स्थानीय बासिन्दालाई खबर गरेका थिए । घटनाको जानकारी पाउनेबित्तिकै वडा अध्यक्षको समन्वयमा इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी टोली खटिएको थियो ।
प्रहरी टोली र स्थानीयको सहयोगमा शिशुलाई तत्काल उद्धार गरी नैंनपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरियो । अस्पताल स्रोतका अनुसार शिशु करिब १० दिनको जस्तो देखिएको छ । स्वास्थ्य परीक्षण पश्चात शिशुलाई सुरक्षित रूपमा स्थानीय पराउ रामको जिम्मा लगाइएको छ ।
उद्धारको समयमा शिशुको शरीरमा सुत्केरी अवस्थाका नयाँ लुगा लगाइएका थिए भने रुँदाको कारणले शरीरभरि कमिला लागेको स्थानीयहरूले बताएका छन् ।
वडा अध्यक्षका अनुसार शिशु पूर्णतः सकुशल छ र हाल अस्थायी रूपमा संरक्षणमा राखिएको छ । शिशुका आमाबुबाको पहिचान र खोजी कार्यको लागि प्रहरी प्रशासनले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
स्थानीयबासीले मानवता देखाउँदै समयमै शिशुको उद्धार गरेकामा सबैले प्रशंसा गरेका छन् ।




