बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
2026-09-10ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
2026-09-10
रामेछाप दोरम्बा शैलुङ्ग–मेलुङ सीमाको तिनधारे खोलामा झोलुङ्गे पुल पुनर्निर्माणका लागि अवलोकन सुरु
रामेछाप दोरम्बा शैलुङ्ग–मेलुङ सीमाको तिनधारे खोलामा झोलुङ्गे पुल पुनर्निर्माणका लागि अवलोकन सुरु
📅 मिति: २०८२ जेष्ठ १४ गते,बुधबार

रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको साविक वडा नं ८ र मेलुङ गाउँपालिकाको साविक वडा नं ५ र ६ को सीमामा पर्ने तिनधारे खोलामा रहेको झोलुङ्गे पुल अघिल्लो वर्षको बाढीपहिरोले पूर्णरूपमा क्षति पुर्याएको छ।
२०७८ साल भदौ ८ गते र असोज १२, १३ गतेको अविरल मुसलधारे वर्षासँगै खसेको पहिरोले पुलको संरचना भत्किएको थियो। यसले स्थानीय बासिन्दाहरूलाई आवागमनमा ठुलो कठिनाइ भोग्नु परेको छ।

🔍 यस क्षेत्रको झोलुङ्गे पुल पुनः निर्माणका लागि हाल स्थलगत अनुगमन तथा बलियो आधार निर्माणका सम्भाव्यता अध्ययन (अवलोकन) कार्य सुरु गरिएको छ। प्राविधिक टोलीले भौगोलिक जोखिमको मूल्याङ्कन गर्दै सुरक्षित जग निर्माणमा केन्द्रित रहने जनाएको छ।

स्थानीय समाजसेवी मङ्गले थामीका अनुसार:
“तिनधारे खोलाको पुल क्षेत्र यहाँका गाउँहरू जोड्ने मुख्य नाकामध्ये एक हो। पुनर्निर्माणको प्रक्रिया सुरु हुनु निकै सुखद खबर हो। यसले स्थानीय जनतालाई सुरक्षित आवत–जावतको सुविधा दिनेछ।”
पुल पुनर्निर्माणसँगै स्थानीय किसान, विद्यार्थी र सवारी आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
सरकार तथा सम्बन्धित निकायहरूलाई पुल निर्माणको कार्यलाई शीघ्र सम्पन्न गर्न आग्रह गरिएको छ।
📍 स्थान: तिनधारे खोला, दोरम्बा शैलुङ्ग–मेलुङ्ग सीमा, रामेछाप
[थाङ्मीचागु डटकम]





