राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
रामेछापको च्यानडाँडामा थामी समुदायको श्रमदानबाट खानेपानी, बसोबास, खेलमैदान निर्माण सम्पन्न
रामेछापको च्यानडाँडामा थामी समुदायको श्रमदानबाट खानेपानी, बसोबास, खेलमैदान निर्माण सम्पन्न
मिति: २०८२ जेष्ठ १४ गते, मंगलवार
समाचार स्रोत: मङ्गले थामी
रामेछाप जिल्लाको एक विकट र सुन्दर बस्ती च्यानडाँडामा बसोबास गर्दै आएका करिब १८० घरधुरी थामी समुदायले आपसी सहयोग र श्रमदानमार्फत सामूहिक विकासको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।
स्थानीय जनसमुदायको एकताबाट खानेपानीको पहुँच, बस्न र खान मिल्ने संरचना, साथै समुदायका बालबालिका र युवाहरूका लागि खेलमैदान (ग्राउन्ड) निर्माण गरिएको छ।
यस्ता पूर्वाधार विकासको सफलताले समुदायमा उत्साह, एकता र सशक्तिकरणको भावनालाई थप बल दिएको छ। स्थानीयहरूले यो उपलब्धिलाई ‘समाज आफ्नै हातले बनाउने’ ऐतिहासिक पाइला मानेका छन्।
स्थानीय समाजसेवी मङ्गले थामीका अनुसार:
“हामीले यहाँ कसैको सहयोग पर्खेर नबसिकन आफ्नै सामूहिक श्रमले आवश्यक संरचना निर्माण ग¥यौं। अब शिक्षा, स्वास्थ्य, रोजगारी र संस्कृति जस्ता क्षेत्रमा पनि सुधार गर्न समाजका दातृ निकाय, शुभेच्छुक र सरकारको सहयोग आवश्यक छ।”
यो प्रेरणादायक प्रयासले विकट भेगमा पनि आत्मनिर्भर समाज निर्माण सम्भव छ भन्ने सन्देश सम्पूर्ण देशलाई दिएको
📍 स्थान: च्यानडाँडा, रामेछाप




