परोहा नगरपालिकामा अपाङ्गता समावेशी विकाससम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

0Shares

परोहा नगरपालिकामा अपाङ्गता समावेशी विकाससम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

रौतहट, परोहा
मिति: २०८२ साल जेष्ठ ११ गते

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सहभागिता र समावेशी विकास सुनिश्चित गर्ने उद्देश्यले परोहा नगरपालिकामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम परोहा नगरपालिका सभाहलमा सम्पन्न भएको हो।

राष्ट्रिय अपांग कल्याण संघ नेपाल, रौतहट र राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल थिए भने कार्यक्रमको अध्यक्षता राजेश साहले गरे। कार्यक्रममा अपाङ्गता समावेशी विकासको अवधारणा, नीतिगत संरचना, व्यवहारमा समावेशीकरणका उपाय, अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण, र उनीहरूको अधिकारप्रति स्थानीय तहको दायित्वबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो।

सहभागीहरूले अपाङ्गता समावेशी नीतिहरू व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै संघीय संरचनामा स्थानीय तहहरूबाट नै यस्ता कार्यक्रम सञ्चालनको आवश्यकता झनै बढेको धारणा व्यक्त गरे।

कार्यक्रममा परोहा नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू, अपाङ्गता भएका व्यक्तिहरूका संघसंस्था, नागरिक समाजका प्रतिनिधिहरू र स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस किसिमको अभिमुखीकरण कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूको समावेशी र समान सहभागितामूलक समाज निर्माणतर्फ एक सकारात्मक प्रयासका रूपमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *