रामेछापको दोरम्बा शैलुङमा जिप दुर्घटना : एक गम्भीर घाइते

0Shares

रामेछापको दोरम्बा शैलुङमा जिप दुर्घटना : एक गम्भीर घाइते

जेष्ठ ८, २०८२ | रामेछाप
रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. १ डडुवास्थित साबिक वडा नं. ८ दलेचौरमा गम्भीर सवारी दुर्घटना भएको छ। मेलुङ गाउँपालिकाबाट दोरम्बा शैलुङतर्फ आइरहेको दुईवटा फोर्बेल गाडीमध्ये पछाडिको गाडी बा ४ ख ७२२६ नम्बरको जिप गएराति करिब ८ बजेतिर कच्ची सडकबाट झण्डै २०० मिटर तल खसेको हो।

उक्त जिपको चालक शैलुङ गाउँपालिका ढुङ्गे निवासी शुसन श्रेष्ठ गम्भीर घाइते भएका छन्। चालक श्रेष्ठका अनुसार जिपको ब्रेक फेल भएको कारण दुर्घटना भएको हो। उनले भने, “जति ब्रेक हाने पनि ब्रेक लागेन।”

दुर्घटनाको जानकारी पाउनेबित्तिकै स्थानीय बासिन्दाहरू घटनास्थलमा पुगेर श्रेष्ठलाई उद्दार गरी तुरुन्तै एम्बुलेन्समार्फत अस्पताल पठाएका थिए। हाल घाइते श्रेष्ठको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा परेका गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ।

समाचार स्रोत: म्यागाले थामी


Leave a Reply

Your email address will not be published. Required fields are marked *