राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
रौतहटका बसन्त कुशवाहाको दोस्रोपटक मन्त्री नियुक्ति विवादमा, ‘पैसाको भरमा’ पद पाएको आरोप
रौतहटका बसन्त कुशवाहाको दोस्रोपटक मन्त्री नियुक्ति विवादमा, ‘पैसाको भरमा’ पद पाएको आरोप
थाङमिचागु डटकम संवाददाता

रौतहट, बैशाख ११ –
रौतहट जिल्लाबाट जनमत पार्टी निकट बसन्त कुशवाहा दोस्रोपटक मधेश प्रदेश सरकारमा मन्त्री बनेपछि उनको नियुक्तिलाई लिएर सामाजिक सञ्जालदेखि स्थानीय बासिन्दासम्म व्यापक आलोचना भएको छ। कुशवाहामाथि ‘पैसाको भरमा’ समानुपातिक सान्सद बनेको र त्यही आर्थिक प्रभाव प्रयोग गरी पुनः मन्त्री पदमा नियुक्त भएको आरोप लागेको छ।
समाजिक संजालमा व्यापक रूपमा फैलिएको अभिव्यक्तिहरूका अनुसार, कुशवाहाले राजनीतिक ज्ञानसमेत पर्याप्त नभएको अवस्थामा पनि दलको समावेशी सूचीको दुरुपयोग गर्दै मन्त्री पद प्राप्त गरेको आरोप लागिरहेको छ। समानुपातिक प्रणालीले मधेसी, दलित, मुस्लिम, महिला, थारु, आदिवासी जनजाति लगायत वर्गहरूलाई प्रतिनिधित्वको सुनिश्चितता दिन खोजे पनि, सो उद्देश्य विपरित आर्थिक हैसियत र पहुँचका आधारमा मन्त्री नियुक्त गरिएको भन्दै आलोचना भइरहेको छ।
स्थानीय स्रोतका अनुसार, बसन्त कुशवाहा विगतमा कृषि मन्त्रीका रूपमा कार्यरत रहँदा विभिन्न भ्रष्टाचारसम्बन्धी आरोप लागेका थिए। साथै, उनले पार्टीको आधिकारिक धारणा विपरीत गतिविधि गरेको भन्दै त्यसबेला पनि चौतर्फी आलोचना भएको थियो। यद्यपि यस्ता विवादबीच पनि उनलाई पुनः मन्त्री बनाइएकोमा जनमत पार्टीमाथि नै प्रश्न उठ्न थालेको छ।
रौतहटका बासिन्दाहरूले समेत मन्त्री नियुक्तिका विषयमा असन्तुष्टि व्यक्त गरेका छन्। “पार्टीको नीति र जनताको अपेक्षाविपरीत निर्णय गरिएको छ,” स्थानीय एक नागरिकले भने, “यो निर्णयले जनमत पार्टीको नैतिकताको परीक्षण गरिरहेको छ।”
जनमत पार्टीले यसबारे हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।




