मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
राजनीतिक पहुँचको दुरुपयोग? सिरहामा वडाध्यक्षहरू संलग्न घटनाले खैलाबैला
राजनीतिक पहुँचको दुरुपयोग? सिरहामा वडाध्यक्षहरू संलग्न घटनाले खैलाबैला
थाङमिचागु डटकम संवाददाता

सिरहा, वैशाख ५ — सिरहाको गोलबजार नगरपालिका–४ स्थित दुर्गा मन्दिर नजिकै शुक्रबार बेलुका मदिरा पसल अगाडि बेवारिसे अवस्थामा फेला परेका दुई मोटरसाइकल र त्यससँग सम्बन्धित घटनाले नयाँ मोड लिएको छ। उक्त घटनामा पाँच जना वडाध्यक्ष संलग्न रहेको खुलासा भएको छ, जसले स्थानीय राजनीति र सुरक्षाप्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
होटल सञ्चालक विनय यादवका अनुसार, घटनास्थलमा सिरहा नगरपालिका–५ का वडाध्यक्ष जागेश्वर यादव, वडा नं. ४ का अध्यक्ष मोहम्मद शमशाद, र अन्य तीन जना वडाध्यक्षहरू समेत उपस्थित थिए। घटनामा संलग्न वडाध्यक्षमध्ये वडा नं. ६ का अध्यक्ष प्रहरी देखेपछि भागेको स्रोतले जनाएको छ।
एक गोप्य अडियोमा वडाध्यक्ष जागेश्वर यादवले भनेका छन्, “हिजो ठुलो दुर्घटनाबाट बाँच्यौं, पैसा र पावर नभएको भए ठुलो दुर्घटना हुनेथियो।” होटल सञ्चालक विनय यादवले अडियो पुष्टि गर्दै वडाध्यक्षहरूको राजनीतिक पहुँचका कारण उनीहरू जोगिएको बताए।
घटनाको अनुसन्धानका क्रममा मोटरसाइकलसहित पक्राउ परेका वडाध्यक्ष जागेश्वर यादव केही घण्टामै प्रहरी हिरासतबाट रिहा भएका छन्। यसले कानुनी प्रक्रिया र राजनीतिक प्रभावको प्रयोगबारे आलोचना निम्त्याएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार, विवादपछि प्रहरी पुग्नुअघि घटनामा संलग्न यौनधन्दा सञ्चालन गरिरहेका टोलीलाई भगाइएको थियो। वडाध्यक्षहरूले भने आफूहरू केवल लुगा किन्न गएको दाबी गरेका छन्।
यस विषयमा संलग्न वडाध्यक्षहरूसँग सम्पर्क गर्न खोज्दा उनीहरूको मोबाइल बन्द रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
स्थानीय बासिन्दाहरूले घटनामा निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन्।





