विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप ब्रेकिङदेखि गहन विश्लेषणसम्म ।।।
2026-08-27नेपाली सेनाका क्याप्टेनसहित ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन ।।।
2026-08-27
राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
काठमाडौं, असार २७ आदिवासी जनजाति आयोगले संविधान संशोधनका लागि पेश गरेको २५ बुँदे सुझावमा राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउनुपर्ने प्रस्ताव गरेको छ।
आयोगका अनुसार गाई सबै धार्मिक तथा सांस्कृतिक समुदायको साझा प्रतीक हुन नसक्ने भएकाले राष्ट्रिय जनावरका रूपमा गैँडा उपयुक्त हुने राय दिइएको हो। त्यस्तै, प्रदेशअनुसार सरकारी कामकाजका लागि तोकिएका भाषामा राष्ट्रिय गान गाउन सकिने व्यवस्था गर्न पनि आयोगले सुझाव दिएको छ।
आयोगले नेपालका आदिवासी जनजातिले बोल्ने र आफ्नै लिपिमा लेखिने सबै भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिनुपर्ने प्रस्तावसमेत अघि सारेको छ। प्रत्येक समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण राज्यको जिम्मेवारी हुने र नागरिकले पनि त्यसको संरक्षण तथा संवर्द्धनमा भूमिका निर्वाह गर्नुपर्ने व्यवस्था संविधानमै समेटिनुपर्ने आयोगको भनाइ छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधान संशोधनसम्बन्धी सुझाव मागेपछि आयोगले समानुपातिक समावेशिता, संघीयता, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायका संवैधानिक अधिकारलगायत विषय समेटेर प्रतिवेदन तयार गरेको जनाएको छ।





