ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
2026-07-12राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11
ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
ईलाम, असार २८ ईलाम जिल्लाको चुलाचुली गाउँपालिकामा श्रम संस्कृति पार्टीको आयोजनामा शनिबार सामूहिक धान रोपाइँ कार्यक्रम सम्पन्न भएको छ।
श्रम संस्कृति पार्टीका स्थानीय अध्यक्ष अर्जुन म्याङ्बो लिम्बुको अगुवाइ तथा पार्टीका अध्यक्ष एवं माननीय हर्कराज राईको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा एक हजारभन्दा बढी सर्वसाधारण, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत तीन बिघाभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ गरिएको आयोजकले जनाएको छ। सामूहिक श्रम, उत्पादन र सहकार्यको अवधारणालाई अघि बढाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमबाट प्राप्त हुने आय विभिन्न वर्ग, समुदाय तथा संगठनहरूलाई छुट्याई सामाजिक तथा सामुदायिक हितमा उपयोग गरिने जानकारी दिइएको छ।
श्रम संस्कृति पार्टीले श्रमको सम्मान, उत्पादनमा आत्मनिर्भरता र सामुदायिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
सम्बादाता: भिम कुमार राई, चुलाचुली




