मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
यलेदोङ सम्वत ५०८५ उभौली साकेला सफलतापूर्वक सम्पन्न — मलेसियाको इपोमा किरात राईको सांस्कृतिक उत्सव
यलेदोङ सम्वत ५०८५ उभौली साकेला सफलतापूर्वक सम्पन्न — मलेसियाको इपोमा किरात राईको सांस्कृतिक उत्सव

इपो, मलेसिया | विशेष प्रतिनिधि
५ सोमबार जेठ २०८२
किरात राई यायोक्खा क्षेत्रीय समिति ईपोपेराक, मलेसियाको आयोजनामा यलेदोङ सम्वत ५०८५ उभौली साकेला सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। “सानो प्रयास, ठूलो महत्व” भन्ने भावनालाई आत्मसात गर्दै इपोस्थित YMCA को फुटबल मैदानमा आयोजित उक्त कार्यक्रमले किरात संस्कृतिको गौरवमय झल्को प्रस्तुत गर्यो।

कार्यक्रमको सभापतित्व समिति अध्यक्ष रमेश राईले गर्नुभएको थियो भने, प्रमुख अतिथि किरात राई यायोक्खा शाखा मलेसियाका अध्यक्ष डम्बर राई हुनुहुन्थ्यो। विशेष अतिथिमा उपाध्यक्ष केवल राई, शाखा मलेसियाका सल्लाहकार युवराज साम्पाङ राई, र क्षेत्रीय समिति ईपोपेराकका सल्लाहकार नीर कुमार राई रहनु भएको थियो।

त्यसैगरी, कार्यक्रमलाई सम्मान दिनुहुने अन्य अतिथिहरुमा शाखा मलेसियाका कोषाध्यक्ष शान्ति चाम्लिङ राई, सह-कोषाध्यक्ष दिवस राई, सदस्य भविराज राई, जोहरबारु क्षेत्रीय समितिका सह-कोषाध्यक्ष सशिकला राई, सदस्य बुनु राई तथा शेर्पा संघ मलेसियाका उपाध्यक्ष मिङमा शेर्पा रहनुभएको थियो।

उक्त कार्यक्रममा मलेसियाका विभिन्न स्थानबाट किरात समुदायका सदस्यहरू सहित अन्य नेपाली र विदेशी अतिथिहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन किरात राई यायोक्खा शाखा मलेसियाका केन्द्रीय सचिव यज्ञ कुमार राईले गर्नु भएको थियो भने, स्वागत मन्तव्य क्षेत्रीय समितिकी उपाध्यक्ष आशा राईले राख्नुभएको थियो। प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरुले किरात संस्कृतिको महत्त्व र साकेलाको ऐतिहासिक पक्षमा आधारित शुभकामना मन्तव्य दिनुभएको थियो।

कार्यक्रमको सफलताका लागि देउराली रेस्टुरेण्ट एण्ड फेन्सी (इपो), ॐ शान्ति रेस्टुरेण्ट (इपो), सुम्निमा रेस्टुरेण्ट एण्ड फेन्सी (सिटिवान), र पाल्पाली रेस्टुरेण्ट (इपो) जस्ता विभिन्न व्यवसायिक संस्थाहरूले आर्थिक सहयोग प्रदान गरेका थिए।

यस कार्यक्रममार्फत किरात समुदायको मौलिक परम्परा र संस्कारहरूलाई मलेसियामा समेत सजीव राख्ने प्रयास सफल भएको आयोजकहरुले जनाएका छन्। अन्त्यमा आयोजक समितिले आगामी उधौली साकेलामा पुनः भेट हुने बाचा गर्दै उपस्थित सबैप्रति आभार प्रकट गरेका थिए।

जय किरात!
— समाचार स्रोत: यज्ञ कुमार राई, केन्द्रीय सचिव, किरात राई यायोक्खा मलेसिया





