शिवालयमा वडा अध्यक्ष अमित ठकुरीले मनाए महाशिवरात्री ।।।

0Shares

शिवालयमा वडा अध्यक्ष अमित ठकुरीले मनाए महाशिवरात्री ।।।

थाङमिचागु डटकम संवाददाता

संवाददाता,फाल्गुन १४ । सिराहा जिल्लाको धनगढीमाई १४ सलहेस फेदको अमले दोभानको ढवाङ् बस्ती स्थित रहेको शिवालयमा वडा अध्यक्ष अमित ठकुरीले भव्यताका साथ महाशिवरात्री मनाएका छन ।

विधिपूर्वक पूजापाठ गरी गराई मन्दिर परिसरमा आयोजित कार्यक्रममा स्थानिय श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थितिका बीच औपचारिक रूपमा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा धनगढीमाईका नगर उपप्रमुख संगीता चौधरी धनगढीमाई १ का वडा अध्यक्ष सुर्य नारायण यादव, वडा नं १० का वडा अध्यक्ष सरोज महतो लगायत अथिति मानुभावहरुको सहभागितामा भएको कार्यक्रममा प्रमुख अतिथि लगायत सबैलाई वडा अध्यक्ष अमित ठकुरीले भगवानको नाम लिखित गम्छा ओढाएर सम्मान गर्नु भएको थियो ।

धनगढीमाईको दुर्गम बस्तीको रूपमा परिचित यस ठाउँमा वडा अध्यक्ष अमित ठकुरीले शिवालयको निर्माण गरेपछि स्थानीयलाई खास गरी साउनमा मेला भर्नका लागि अन्य क्षेत्रमा जानुपर्ने वाध्यता हटेको छ ।

दुर्गम स्थानको रूपमा परिचित यस ठाउँमा वडा अध्यक्ष अमित ठकुरीले बाटो,बिजुली,खानेपानी लगायतको भौतिक वातावरणको स्वरूप कोरेर चौतर्फी चर्चा परिचर्चा भइरहेको अवस्थामा यस ठाउँमा मनाईएको महा शिवरात्री मेलामा भक्तजनहरूले विधिपूर्वक अघिल्लो रातिदेखि जाग्राम बसी नाचगान सहित भव्यताका साथ महाशिवरात्री मनाएका छन ।

भक्तजनहरूको बाक्लो उपस्थिति रहेको यस मेलामा खाजाको ब्यबस्थापन समेत वडा अध्यक्ष अमित ठकुरीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *