मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
Monday, May 25, 2026
दोलखा, बिगु–८ थाङ्मीचागुमा आगलागी, मानबहादुर थामी उर्फ (नोचे) को पसल पूर्ण रूपमा नष्ट
दोलखा, बिगु–८ थाङ्मीचागुमा आगलागी, मानबहादुर थामीको पसल पूर्ण रूपमा नष्ट
थाङ्मीचागु डटकम सम्बादाता १४ फागुन बुधबार २०८१
दोलखा जिल्लाको बिगु गाउँपालिका–८, थाङ्मीचागुमा गएराति ११:५० बजे अचानक आगलागी भएको छ। आगलागीबाट स्थानीय व्यापारी मानबहादुर थामी (उर्फ नोचे थामी) को पसल पूर्ण रूपमा नष्ट भएको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार आगलागी तीव्र गतिमा फैलिएको थियो, जसका कारण पसलका कुनै पनि सामान जोगाउन सकिएन। यद्यपि, मानवीय क्षति भने हुन नपाएको स्थानीय स्रोतले जनाएको छ। आगलागीको कारण अझै खुल्न सकेको छैन।
स्थानीय बासिन्दा तथा सुरक्षा निकायको प्रयासपछि आगो नियन्त्रणमा आएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।





