नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
श्री कालिञ्चोक माविलाई शैक्षिक सामग्री हस्तान्तरण: प्रवास र स्थानीयको प्रेरणादायी सहकार्य
श्री कालिञ्चोक माविलाई शैक्षिक सामग्री हस्तान्तरण: प्रवास र स्थानीयको प्रेरणादायी सहकार्य
दोलखा, बिगु–८:
मिति २०८१ माघ २८ गते श्री कालिञ्चोक माध्यमिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
थाङ्मीचागु डट कम अनलाइन मिडियाको सक्रिय पहल र इराकस्थित प्रवास प्रतिनिधि सरिता बल तामाङको नेतृत्वमा विद्यालयलाई १ थान प्रोजेक्टर, ३ थान ह्वाइट बोर्ड, र १ थान कलर प्रिन्टर विधिवत रूपमा हस्तान्तरण गरिएको हो।
मुखिया सहयोगी दाता र नेतृत्वकर्ता:
कार्यक्रममा थाङ्मीचागु डट कम मिडियाका प्रवास प्रतिनिधि सरिता बल तामाङ ज्यूले मुख्य सहयोगी दाताको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
उहाँको सक्रिय पहलले यो सहयोग सम्भव भएको हो।
थाङ्मीचागु डट कम मिडियाका अध्यक्ष सन्तोष ठान्थी थाङ्मी ज्यूको योजनाबद्ध समन्वय र व्यवस्थापनले कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।
कार्यक्रमको विशेषता:
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री लालबहादुर ठान्टी थाङ्मी ज्यूले गर्नुभएको थियो।
प्रमुख अतिथि: सहयोगी दाता कृष्णकुमारी थाङ्मी ज्यूका आपा श्री सार्कीमान थाङ्मी।
विशिष्ट अतिथि: समाजसेवी बुद्धिजीवी आदरणीय भाजु थाङ्मी र विद्यालयका प्रधानाध्यापक फुर्वा दोर्जे तामाङ।
विशेष अतिथि: शिक्षक संघकी अध्यक्ष सरिता थाङ्मी, थाङ्मीचागु डट कम मिडियाका सञ्चालक विक्रम ठान्टी थाङ्मी, र मिडिया प्रतिनिधि गौरव थाङ्मी।
सहयोगीहरूको प्रेरणादायी योगदान:
यस सहयोग अभियानमा निम्न दाताहरूको उल्लेखनीय सहयोग रहेको थियो:
सावित्रा मल्ल ठकुरी: रु १०,०००
भूपेन्द्रबहादुर राउत: रु ३,०००
नानु शेर्पा: रु ३,०००
इराक निवासी प्रवास प्रतिनिधि सरिता बल तामाङ र अमेरिका निवासी समाजसेवी कृष्णकुमारी थाङ्मीको सक्रिय सहयोगले विद्यालयलाई प्रविधिमैत्री र आधुनिक बनाउन महत्वपूर्ण टेवा पुगेको छ।
प्रमुख अभिव्यक्ति:
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर ठान्टी थाङ्मीले समुदायको यस प्रेरणादायी सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयको शैक्षिक उन्नयनमा यस्तो योगदानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
मुखिया सहयोगी दाता सरिता बल तामाङ ज्यूले “विदेशमा भए पनि मातृभूमिको शिक्षाको लागि काम गर्न पाउँदा गर्व महसुस भएको” बताउनुभयो।
समाजसेवामा प्रेरणा:
कार्यक्रममा स्थानीय संघ-संस्था, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक, पत्रकार, र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सामुदायिक सहकार्यको यो प्रेरणादायी उदाहरणले शिक्षा क्षेत्रलाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।





