रसुवाको भोटेकोशी बाढीप्रति नेपाल थामी समाज मलेसियाको गहिरो दुःख, मृतक परिवारमा श्रद्धाञ्जली ।।।
2026-08-26नेपालको विपद्मा छिमेकी मुलुकको चासोः मोदीको टेलिफोन, चीनले नगद सहयोग गर्ने
2026-08-26
Wednesday, August 26, 2026
त्रिभुवन राजपथमा ग्यास बुलेट दुर्घटना, मानवीय क्षति नभएको पुष्टि
त्रिभुवन राजपथमा ग्यास बुलेट दुर्घटना, मानवीय क्षति नभएको पुष्टि
थाङमिचागु डटकम संवाददाता

मकवानपुर — मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर-१, रातोमाटेस्थित त्रिभुवन राजपथ सडकखण्डमा ग्यास बुलेट दुर्घटना भएको छ।
हेटौँडा बजारबाट भैसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के भारतीय ग्यास बुलेट गाडी आइतबार राति करिब ९ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी प्रवक्ता अर्यालले पुष्टि गरेका छन्।
प्रहरीका अनुसार ग्यास बुलेटका चालक र सहचालक दुवै जना सकुशल छन्। दुर्घटनाको कारण खुलाइएको छैन, तर ग्यास बुलेट दुर्घटनाले त्रिभुवन राजपथमा केही समय यातायात अवरुद्ध भएको हुन सक्ने अनुमान गरिएको छ। सुरक्षाका उपाय अपनाउँदै घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।





