नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
सोनाम ल्होछार २०८१: कुर्दिस्तान इराकमा नेपाली संस्कृति र एकताको भव्य उत्सव
सोनाम ल्होछार २०८१: कुर्दिस्तान इराकमा भव्य कार्यक्रम सम्पन्न
थाङ्मीचागु डटकम सम्बादाता २० आइतबार माघ २०१८
नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकद्वारा आयोजित सोनाम ल्होछार २०८१ विशेष सांस्कृतिक कार्यक्रम भव्यता र उल्लासका साथ सम्पन्न भएको छ। मन्जुश्री संवत २८६१ (डुल, सा पुख्रि ल्हो) सोनाम ल्होछारको पावन अवसरमा आयोजित यस कार्यक्रमले नेपाली कला, संस्कृति र आपसी सद्भावलाई प्रवासी भूमिमा फैलाउँदै सम्पूर्ण तामाङ समुदायलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
कार्यक्रमको सभा अध्यक्ष नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका अध्यक्ष श्री कान्छा लामाज्यू रहनुभएको थियो। उहाँले उद्घाटन मन्तव्यमा प्रवासी नेपाली समाजको सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरूको महत्त्वलाई स्पष्ट गर्दै प्रवासी भूमिमा नेपाली पहिचान र संस्कृति जोगाउनका लागि एकजुट हुन आवश्यकता औंल्याउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि, गैरआवासी नेपाली राष्ट्रिय समन्वय परिषद् (NRNA) इराकका अध्यक्ष श्री विनोद श्रेष्ठज्यूले प्रवासी नेपाली समाजलाई एकताबद्ध गर्दै नेपाल र विदेशी भूमिमा नेपाली पहिचान र सांस्कृतिक संवर्धनको महत्वमा जोड दिनुभयो। उहाँले प्रवासी भूमिमा रहेका नेपालीहरूको समुदायको उत्सव र संस्कृति प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमको आवश्यकता र महत्त्व दर्शाउनुभयो।
विशिष्ट अतिथि F.W.C.D.O. का अध्यक्ष Mr. Hama Hazar, पूर्व अध्यक्ष तथा एनआरएनए आइसिसी सदस्य राजिवकुमार थिङज्यू, प्रमुख सल्लाहकार पूर्व अध्यक्ष श्री श्याम मम्बा ज्यू, कार्यक्रम आयोजक तथा वरिष्ठ उपाध्यक्ष श्री अर्जुन तामाङ ज्यू, सोनाम ल्होछार पूजापाठ व्यवस्थापन तथा एनआरएनए इराकका उपाध्यक्ष श्री निमा दोर्जी शेर्पाज्यू, प्रवासी नेपाली एकता समाज अरबिलका अध्यक्ष श्री सनम सिंह लामाज्यू, र नेपाली महिला समाज सुलेमानीकी अध्यक्ष श्री शोभा भुजेलज्यू लगायत अन्य संघ-संस्थाका प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको संस्थापक अध्यक्ष श्री च्याङ्बा लामा दोङज्यूले आफ्नो मन्तव्यमा प्रवासी समाजलाई एकता र सांस्कृतिक समृद्धि प्रकट गर्नका लागि यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताउनुभयो। उहाँले समुदायको सशक्तिकरणका लागि सबैलाई एकजुट भई प्रवासी नेपाली समाजका आवश्यकता र चासोहरूलाई सम्बोधन गर्न आग्रह गर्नुभयो।
थाङ्मीचागु डट कम अनलाइन मिडियाका प्रवास प्रतिनिधि सरिता बल तामाङज्यू कार्यक्रमको विशेष अतिथि हुनुहुन्थ्यो। उहाँले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै थाङ्मीचागु डट कमले नेपाली कला र संस्कृतिका प्रचार प्रसारमा महत्त्वपूर्ण भूमिका खेलिरहेको र यस्ता सांस्कृतिक कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा पत्रकार मित्रहरू, स्थानीय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक नृत्य र गीत-संगीतले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। यस कार्यक्रमले नेपाली समुदायको सांस्कृतिक पहिचानलाई प्रवासी भूमिमा उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको देखिन्थ्यो।
कार्यक्रमको समापन सभापति कान्छा लामाज्यूले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता कार्यक्रमहरूको निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।





