Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
2026-08-30भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30
दोस्रो मोना कप 2025: मलेसियामा नेपाली समुदायको एकता र समृद्धि प्रकट गर्दै भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न
दोस्रो मोना कप खुला भलिबल प्रतियोगिता 2025 भव्य रूपमा सम्पन्न
थाङ्मीचागु डट कम, मलेसिया

थाङ्मीचागु डटकम १८ माघ शुक्रबार २०८१
[सन्तोष ठान्टी थाङ्मी ]
मलेसियामा रहेका म्याग्दीलीहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाले आयोजना गरेको दोस्रो मोना कप खुला भलिबल प्रतियोगिता 2025 भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ।

यो प्रतियोगिता मलेसियामा छरिएर रहेका नेपालीहरूलाई एकत्रित गर्न, आपसी मेलमिलाप बढाउन, अफ्ट्यारोमा एक आपसमा हातेमालो गर्न र म्याग्दीको पहिचान देशविदेशमा फैलाउनका लागि आयोजित गरिएको थियो।

कार्यक्रम उद्घाटन
२९ जनवरी, चिनियाँ नयाँ वर्षको अवसरमा प्रमुख अतिथि, नेपाली राजदूतावासका प्रथम सचिव खिमानन्द भुसालले उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहमा विभिन्न संघसंस्थाका पदाधिकारीहरू, NRNA का NCC सदस्य खेमराज खत्रि, मलेसिया स्थित हिमालयन बैंकका प्रमुख प्रदिप आचार्य लगायतका सम्माननीय व्यक्तिहरूको उपस्थिती रहेको थियो।

प्रतियोगिता र पुरस्कार वितरण
प्रतियोगितामा १३ टिमहरूको सहभागिता रहेको थियो। नवलपुरको भलिबल टिम दोस्रोपटक मोना मलेसिया कप जित्न सफल भएको छ भने दोस्रो स्थान GS टिम र तेस्रो स्थान आयोजक मोना मलेसिया ले प्राप्त गरेको छ।

पुरस्कार
- प्रथम स्थान: RM 3333
- दोस्रो स्थान: RM 2222
- तेस्रो स्थान: RM 1111
भाग्यशाली चिठ्ठा प्रतियोगिता
भाग्यशाली चिठ्ठा प्रतियोगितामा विजेताहरू यसप्रकार रहेका छन्:
- प्रथम: आइफोन १३ (चिठ्ठा नं. 219) – पवन श्रेष्ठ
- दोस्रो: सामसङ स्मार्टफोन (चिठ्ठा नं. 388) – इन्द्र बहादुर वाइवा
- तेस्रो: (चिठ्ठा नं. 03) – मोहन बुढा मगर
- चौथो: स्मार्टवाच (चिठ्ठा नं. 127) – दीपक के. मगर

सम्मान र समापन
कार्यक्रममा भाग लिएका मोनाका सक्रिय सदस्यहरू, महासचिव केश रोका मगर, उपाध्यक्ष जोगलाल पुन, कोषाध्यक्ष छम बहादुर साहि, महिला सदस्य रविना गरुङ्ग, लगायतका पदाधिकारीहरूलाई सम्मानित गरिएको थियो

समारोहको समापनमा, मोना मलेसियाका अध्यक्ष पुर्ण प्रसाद रोका ले मलेसियामा रहेका संघसंस्थासँग मिलेर दुख पिडामा परेका नेपालीलाई सहयोग गर्न प्रतिबद्धता जनाउनु भएको थियो।

समाचार थाङ्मीचागु डट कमलाई प्रवासी नेपाली मञ्चका महासचिव कृष्ण खड्काज्यूले जानकारी दिनुभएको हो।




