मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
प्रमुख प्रशासकीय अधिकृत नहुँदा शिक्षक तथा कर्मचारीहरूले समयमा तलब पाएनन्

२०८१ माघ १४, दोलखा,
थाङ्मो चागु.com सम्वाददाता
दोलखा जिल्लाको बिगु गाउँपालिकाको सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी हरूले त्रैमासिक रूपमा गाउँपालिकाबाट प्राप्त गर्ने तलब भत्ता प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न शाखामा कार्यरत अधिकृतहरू नहुँदा हालसम्म पनि तलब भत्ता उपलब्ध नभएको शिक्षक महासङ्घ तथा शिक्षकका पेशागत संघ संगठनका प्रतिनिधिहरूले बताएका छन्। शिक्षकहरूले समयमा तलब भत्ता नपाउँदा उनीहरूको घरपरिवार को आर्थिक अवस्था सञ्चालन गर्न ऋण काट्नुपरेको अवस्था सिर्जना भएको जनाएको छ। विगत केही समय अगाडि गाउँपालिकाका कार्यपालिका सदस्यहरू तथा प्रत्येक वडाका वडा अध्यक्षहरूको भेलाबसी तत्काल गाउँपालिकामा रहेको समस्यालाई समाधान गर्न सम्बन्धित पक्षलाई ध्यान आकर्षण गराइएको थियो। साथै विगु गाउँपालिकाका उपाध्यक्ष देवीका थामी सहितको कार्यपालिका का सदस्यहरूद्वारा संघीय सामान्य प्रशासन मन्त्रालय मा तत्काल कर्मचारीको व्यवस्थापन गर्न सामान्य प्रशासन मन्त्रीलाई ध्यानाकर्षण गराइको करिब दुई साता बित्दा पनि हालसम्म प्रमुख प्रशासकीय अधिकृत लगायतको कर्मचारी व्यवस्थापनमा मन्त्रालय मौन रहेको जनाइएको छ। साथै शिक्षा , युवा तथा खेलकुद शाखाका शाखा अधिकृत पनि सरुवा भई अन्यत्र गएको र हालसम्म नयाँ शिक्षा शाखा प्रमुख समेत नआउँदा गाउँपालिकाभित्र शिक्षाका गतिविधिहरू समेत प्रभावित भएको छ। प्रत्येक वर्ष सञ्चालन हुँदै आएको विद्यालय स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता समेत गाउँपालिकाले आयोजना गर्न सकिरहेको छैन। दोलखा जिल्लाको नौवटा स्थानीय निकायहरू मध्ये धेरै स्थानीय निकायहरूले गत दशैं भन्दा अगाडि र पछाडि सम्पूर्ण खेलकुद कार्यक्रमहरू सञ्चालन गरी पालिका स्तरीय खेलाडीहरू समेत छनोट गरिसकेका छन्। जिल्ला खेलकुद परिषद्ले भने जिल्ला स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता फागुन महिनाभित्र सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ । यसरी गाउँपालिका कार्यालयमा कर्मचारीको व्यवस्थापन हुन नसक्दा उत्पन्न समस्या लाई मध्यनजर गर






