इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Tuesday, October 13, 2026
दोलखामा डो.एस.एफ कप-२०८१ शिक्षक भलिबल प्रतियोगिता सुरु हुँदै
दोलखामा डो.एस.एफ कप-२०८१ शिक्षक भलिबल प्रतियोगिता सुरु हुँदै
थाङमिचागु डटकम संवाददाता

दोलखामा भोलिदेखि दो.एस.एफ कप-२०८१, जिल्ला अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु हुने भएको छ। दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा सदरमुकाम चरिकोटस्थित भिमेश्वर कभर हलमा प्रतियोगिता सञ्चालन हुनेछ।
सोमबार, होटल एम्ब्रोसियामा आयोजित पत्रकार सम्मेलनमा दोलखा स्पोर्टस फेलोसिपले ट्रफी सार्वजनिक गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो।
प्रतियोगितामा जिल्लाका विभिन्न ११ वटा शिक्षक टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगिताको उद्देश्य शिक्षकहरूबीचको सम्बन्ध विस्तार र भाइचारा कायम गर्नु रहेको फेलोसिपका अध्यक्ष शक्ति पाख्रिनले बताए।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभा सदस्य भरत केसीले गर्नेछन्। प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ।





