लहानको व्यापारिक क्षेत्रका उदारवादी नेतृत्व विकास शारदा ।।।

0Shares

लहानको व्यापारिक क्षेत्रका उदारवादी नेतृत्व विकास शारदा ।।।

थाङमिचागु डटकम संवाददाता

संवाददाता,माघ ११ । सिराहा जिल्लाको लहानमा आफ्नो कार्य क्षेत्र बनाएका विकास शारदा एउटा बौद्धिक, चिन्तनशील, भद्र , दूरदर्शी र लोकप्रिय व्यक्तित्व मानिन्छन् ।

लहानको व्यापारिक क्षेत्रका उदारवादी नेतृत्व उनको हातमा आएपछि लाहानमा एतिहासिक व्यापारिक मेलाको आयोजना गरेर यहाँका धार्मिक , सांस्कृतिक, आर्थिक र सामाजिक वृत्तमा उनले दिएको योगदान लहानको इतिहासमा स्मरणयोग्य रहेको छ ।

स्थानिय जनमानसमा दिँदै आएको योगदानले लहानको हरेक पक्षमा उनको नाम अग्रणी स्थानमा रहेको छ । राजनीतिक,सामाजिक ,आर्थिक,धार्मिक लगायत समाजका हरेक क्षेत्रमा उनको योगदान जोडिएको छ ।

हसिलो अनुहार, मृदु भाषी र मिठासपूर्ण उनमा रहेको कोमलताले आजभोलि लाहानमा चर्चाको विषय बनेको छ ।

उनी एउटा बौद्धिक क्षमता र तर्कका धनी व्यक्तित्व भएको कारण लहानको समग्र विकासमा उनको भूमिका सनारणयोग्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *