नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा
ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा
थाङमिचागु डटकम संवाददाता

ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने निर्णय गरेका छन्। उनले केहीबेरमा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।
प्रधानमन्त्री कार्कीले हालैको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलमा आबद्ध भएका मन्त्रीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन्। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग औपचारिक रूपमा जोडिएपछि घिसिङले राजीनामा दिने निर्णयमा पुगेको बताइएको छ।
स्रोतका अनुसार घिसिङ रास्वपाको उपसभापति बन्ने सहमति भए पनि त्यसको औपचारिक कार्यान्वयन बाँकी छ। ‘उहाँ कुनै पार्टीको सदस्य होइन भन्ने भनाइ हुँदाहुँदै पनि अनावश्यक दबाब सिर्जना गरियो,’ स्रोतले जनाएको छ।
घिसिङ आगामी आमनिर्वाचनमा रास्वपाबाट काठमाडौं क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने तयारीमा छन्। निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि नै राजीनामा दिने उनको योजना रहेको बताइएको छ।
रास्वपा स्रोतका अनुसार पछिल्ला दुई दिनमा घिसिङले कुनै राजनीतिक भेटघाट गरेका छैनन्। उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायसँग पनि उनले भेट नगरेको जनाइएको छ।
घिसिङले आज राति ९ बजे पत्रकार सम्मेलन गरी राजीनामासम्बन्धी आधिकारिक जानकारी दिने तयारी गरेका छन्।





