नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रको तेस्रो साधारण सभा सम्पन्नदोलखा, कालिन्चोक १ क्याङ्गपोल
कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रको तेस्रो साधारण सभा सम्पन्न
दोलखा, कालिन्चोक १ क्याङ्गपोल

थाङ्मीचागु डटकम सम्बादाता ९ माघ बुधबार २०८१
कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रको तेस्रो साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रका अध्यक्ष पदम बहादुर थामीको अध्यक्षतामा र दोलखाका जिल्ला संयोजक राजन क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

सभामा क्याङ्गपोलको स्थानीय विकास, सामुदायिक एकता, कृषि, शिक्षा, र अन्य विकास योजनाहरूमा विशेष छलफल गरिएको थियो। कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। समाजमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई कदर गर्दै सम्मान प्रदान गरिएको यस कार्यक्रमले स्थानीय बासिन्दाहरूमा उत्साह थपेको छ।

यस साधारण सभाबाट संस्थाले आगामी दिनमा समुदायको विकासका लागि नयाँ रणनीतिहरू बनाउने र सामुदायिक भावना सहित सभ्य समाज निर्माण गर्ने योजना अघि सारेको छ। साथै, सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर जनताको हित र संरक्षणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। संस्थाको सदस्य संख्या विस्तार गर्न विधि र प्रक्रिया अपनाई संगठनलाई अझ बलियो बनाउँदै लैजाने निर्णय गरिएको छ।

थामी समुदायको सांस्कृतिक र परम्परागत महत्व झल्काउने यस सभाले सामाजिक एकता, विकास र जनचेतना अभिवृद्धिका लागि महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

समाचार विवरण: कृषि प्राविधिक अस्मिता बस्नेत








