धनगढीमाई-१३ मा मन्दिर निर्माण अभियान र पत्रकारिता इतिहासका लागि महत्वपूर्ण भेटघाट

0Shares

धनगढीमाई-१३ मा मन्दिर निर्माण अभियान र पत्रकारिता इतिहासका लागि महत्वपूर्ण भेटघाट

थाङमिचागु डटकम संवाददाता

थाङमिचागु डटकम का प्रधान सम्पादक विनोद मण्डल, सिराहा

सिराहा जिल्लाको धनगढीमाई–१३ मा मन्दिर निर्माण अभियानसँग सम्बन्धित जानकारी लिन नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता र वर्तमान अध्यक्ष मनोज बनैता विनोद मण्डलको घरमा पुगेका छन्।

भेटघाटका क्रममा अध्यक्षद्धय गुप्ता र बनैताले धनगढी बजारमा निर्माणाधीन मन्दिर र सिराहा जिल्लाको पत्रकारिताको ऐतिहासिक दस्तावेज निर्माणको महत्त्वबारे चर्चा गर्दै समाजको हितमा काम गरिरहेका यस्ता पहलहरूमा पूर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनीहरूले यस अभियानमा प्रत्यक्ष निगरानी रहने बताउँदै अभियानलाई सफल बनाउन हरसम्भव सहयोग गर्ने प्रेरणा दिएका छन्। सिराहा जिल्लामा पत्रकारिताको ऐतिहासिक पुस्तक लेख्ने कार्यमा विनोद मण्डलको प्रयासको प्रशंसा गर्दै उनीहरूले यसलाई एक ऐतिहासिक उपलब्धि हुने बताएका छन्।

उक्त भेटघाटले सिराहा जिल्लाको पत्रकारिता र सामाजिक विकासमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ। विनोद मण्डलले आफ्नो घरसम्म आएर जानकारी आदानप्रदान गरेका पत्रकारहरूको उपस्थितिलाई सम्मान प्रकट गर्दै उहाँहरूलाई हार्दिक नमन गरेका छन्।

यो अभियानले सिराहा जिल्लाको पत्रकारिता र धार्मिक-सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *