नेपाल थामी समाज कालिञ्चोक १ मा नयाँ कार्यसमिति गठन

0Shares

नेपाल थामी समाज कालिञ्चोक १ मा नयाँ कार्यसमिति गठन

थाङ्मीचागु डटकम सम्बादाता

१३ पुष सनिवार २०८१

[सन्तोष ठान्टी थाङ्मी]

दोलखा,नेपाल थामी समाज कालिञ्चोक वडा नं. १ को नयाँ कार्यसमिति गठनका लागि विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल थामी समाज कालिञ्चोकका अध्यक्ष गणेश थामीको अध्यक्षतामा भएको हो।

कार्यक्रममा नेपाल थामी समाज केन्द्रका अध्यक्ष रणबहादुर थामी प्रमुख अतिथि रहनुभएको थियो। विशेष अतिथिको रूपमा जिल्ला अध्यक्ष होम थामी, कालिञ्चोक गाउँपालिका वडा नं. १ का अध्यक्ष पदम आक्याङ्मी, केन्द्रका पदाधिकारीहरू देव थामी, पदम थामी, जित थामी तथा तमाङ घेदुङ संघका प्रतिनिधि श्री ब. तमाङ सहभागी हुनुभएको थियो।

कार्यक्रमको शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि रणबहादुर थामीले थामी समुदायको सामाजिक, सांस्कृतिक, र आर्थिक उत्थानका लागि एकता र सहकार्यको आवश्यकता रहेको बताउनुभयो। उहाँले समुदायको समृद्धिका लागि नयाँ नेतृत्वले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको मुख्य उद्देश्य नयाँ कार्यसमिति चयन गर्नु थियो। अर्जुन थामीको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरिएको छ। थप सदस्यहरू भने आगामी बैठकमा मनोनयन गरिने निर्णय गरिएको छ।

यसैगरी, कार्यक्रमका वक्ताहरूले बाबरे क्षेत्रमा पनि थामी समाजको समिति गठन गरिने र थामी समुदायको सांस्कृतिक पहिचानलाई जोगाउन सामूहिक प्रयास आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागीले थामी समुदायको एकता र विकासलाई अझ सुदृढ गर्न हातेमालो गर्दै अघि बढ्नुपर्ने प्रतिबद्धता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *