सिन्धुलीमा १८९ किलो गाँजासहित एक जना पक्राउ

0Shares

सिन्धुलीमा १८९ किलो गाँजासहित एक जना पक्राउ

थाङमिचागु डटकम संवाददाता

सिन्धुली प्रहरीले १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चितवन, गीतारनगरका शेरबहादुर लामा रहेका छन्।

शुक्रबार राति कमलामाई नगरपालिका-९ स्थित चेकपोस्टमा जाँचका क्रममा बाप्र०३-००१ च२२८० नम्बरको पिकअप गाडीमा लुकाएर राखिएको गाँजा फेला परेको हो। प्रहरीका अनुसार गाडी चितवनबाट हेटौंडा-सिन्धुली हुँदै बर्दिबासतर्फ गइरहेको थियो।

गाँजा ओसारपसारमा प्रयोग भएको गाडीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। यो घटनाले अवैध लागुऔषध तस्करीमा अझै कडाइ गर्नुपर्ने आवश्यकता देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *